News Category 2082/03/03
अधुरा रहेका राजविराजस्थित दुई सडक योजना दश दिनभित्रै संचालन हुने
दैनिक समाचारदाता
राजविराज, ३ असार ।
संविधानसभा सदस्य रन्जित कर्णले सप्तरीमा विकास अवरुद्ध हुनुको मुख्य कारण बेथिति, भ्रष्टाचार, गैरजवाफदेही ठेकेदारहरू र सम्बन्धित सरकारी कार्यालयका प्रमुखहरू रहेको आरोप लगाएको ७२ घण्टा नबित्दै राजविराजस्थित नेता चोकदेखि सिरहा सडक र उपयोगी पसलदेखि राजदेवी सडकसम्मको दुई योजना १० दिन भित्रै संचालनमा आउने भएको छ ।
सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयमा मंगलबार भएको सम्झौतामा ठेकेदार कम्पनी कान्छाराद्वारा संचालित दुबै योजनाहरु समयअवधी भित्र संचालन नगरिए ठेक्का रद्द गरिने संविधानसभा सदस्य कर्णले चेतावनी समेत दिइएको जनाएका छन् ।
“ठेकेदार कम्पनीका प्रोपराइटर कान्छाराम नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री समेत रहेपनि विकास कार्यमा अवरुद्ध गर्ने जोसुकैलाई छाडिने छैन् ।” नेपाली काँगे्रसका युवा नेता समेत रहेका संविधानसभा सदस्य कर्णले भने– “पार्टी, नातागोता, इष्टमित्र समेतलाई बिर्सेर जिल्लाको विकासमा तदारुकताका साथ अघि बढ्ने छु ।”
यसअघि उनले विकास कार्य अवरुद्ध रहेका राजविराज–हनुमाननगर रोड, राजविराजस्थित कोल्ड स्टोर, राजविराजको सिरहा रोड, हुलाकी राजमार्ग अन्तरगतको कंचनपुर रोड र राजविराजको कन्या छात्रावासको तस्बिर राखेर सामाजिक संजालमार्फत सार्वजनिक गरेका थिए ।
नेवि संघका पूर्व अध्यक्ष समेत रहेका संविधानसभा सदस्य कर्णले जिल्लाको ती विकासीय कार्यहरु सम्पन्न गराउनका लागि सम्बन्धित निकायलाई सामाजिक संजाल मार्फत ७२ घण्टे अल्टिमेटम समेत दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ