News Category 2082/03/03
बालुवामुनी गाजा लुकाइराखेका घटनाका फरार प्रतिवादी पक्राउ
दैनिक समाचारदाता
राजविराज, ३ असार ।
तीन वर्ष अघि बालुवामुनी गाडेर लुकाइराखेका गाजा घटनाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ बस्ने बुधन भन्ने जोगानन्द मण्डल छन् । गोप्य सूचनाको आधारमा ३५ वर्षिय मण्डललाई सोमबार राती प्रहरीले कोशी ब्यारेज क्षेत्रबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार २०७९ पुस १४ गते हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित सप्तकोशी नदी किनारमा बालुवामुनी गाडेको अवस्थामा प्रहरीले ८ सय १० किलो प्रतिबन्धित लागुऔषध गाजा बरामद गरेको थियो । अनुसन्धानका क्रममा उक्त गाजा तस्करी प्रयोजनका लागि निज मण्डलले नै राखेको खुलेको थियो । त्यपश्चात् प्रहरीले खोजतलास सुरु गरेपछी मण्डल फरार भएका थिए ।
इलाका प्रहरी कार्यालय भारदहबाट खटेको टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
पक्राउ परेका मण्डललाई मंगलबार सप्तरी जिल्ला अदालतबाट लागुऔषध कसुरमा सात दिन म्याद थपी आवश्यक अनुसन्धान भइरहेको उनको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ