News Category 2082/03/04
थ्री फेज कृषि विद्युतिकरणको शुभारम्भ
दैनिक समाचारदाता
राजविराज, ४ असार ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–६ मा बुधवार थ्री फेज कृषी विद्युतिकरण कार्यको शुभारम्भ गरेका छन् ।
कृषिमा उत्पादन वृद्धि र सिंचाइको सुविधा सहज बनाउने उद्देश्यले नगरपालिकाभित्रको वडाहरू २, ५, ६, ७ र ८ का हजारौं कृषकहरूलाई लाभ पुग्ने अपेक्षा गरिएको छ ।
मुख्यमन्त्री सिंहले कृषि विकासमा प्रविधिको प्रयोग अपरिहार्य रहेको बताउँदै प्रदेश सरकारले यस्ता योजनालाई प्राथमिकतामा राखेको उल्लेख गर्दै कृषिमा आत्मनिर्भर बनाउने चाहनालाई सिँचाइ, मल, बीउ र बजार सुनिश्चित गरिनु पर्ने बताए ।
विद्युतिकरण कार्य सम्पन्न भएपछि ती क्षेत्रका कृषकहरूले अब डिजेलपम्पमा निर्भर हुनु नपर्ने नगरप्रमुख वीरेन्द्र माझीले जानकारी दिए । सिंचाइका लागि आवश्यक पर्ने विद्युत महसुल नगरपालिकाले नै व्यहोर्ने उनले बताए ।
थ्री फेज विद्युतिकरणपछि किसानले सहज रूपमा मोटर पम्प चलाउन सक्ने र समयमै खेतमा पानी पु¥याउन सक्ने भएकाले उत्पादनमा उल्लेख्य वृद्धि हुने आशा गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ