News Category 2082/03/04
ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

दैनिक समाचारदाता
राजविराज, ४ असार ।
तीन दिनअघि मात्र विवाह बन्धनमा बाधिएका सप्तरीको रुपनी गाउँपालिका १ निवासी २४ वर्षिय मो.आजाद मियाँको मंगलबार राती दुर्घटनामा परि मृत्यु भएको छ ।
गत आइतबार मात्रै विवाह भएको मो.आजाद चढेको मोटरसाइकललाई मंगलबार राती ट्याक्टरले ठक्कर दिँदा उनको मृत्यु भएको हो ।
राती ९ः३० बजेतिर प्र.२–०१–००१प.३१३५ नम्बरको मोटरसाइकल चढेर काम विशेषले शम्भुनाथ बजारतर्फ जाँदै गर्दा विपरीत दिशाबाट तिब्र गतिमा आउँदै गरेको स.१प.४९७२ नम्बरको ट्याक्टरले शम्भुनाथ चौक नजिकै ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ट्याक्टरको ठक्करबाट गम्भिर घाइते भएका उनको स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । सो दुर्घटनामा उनीसँगै सवार सोही वडाका १८ वर्षिय मो. समिर मियाँ गम्भिर घाइते भएका छन् । उनको धरानस्थित विपि कोइराला स्वासथ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
ठक्कर दिने ट्याक्टर र चालक शम्भुनाथ नगरपालिका १ बस्ने २७ वर्षिय कैलाश यादवलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ