News Category 2071/12/02
एमाओवादीको क्षेत्रिय भेला सम्पन्न सभासद् चौधरीद्वारा संसदीय विकास कोषको योजनाहरु सार्वजनिक
दैनिक संवाददाता
राजविराज, १ चैत ।
एमाओवादी क्षेत्र न. १ को क्षेत्रिय भेला आईतबार सप्तरीको कंचनरुप नगरपालिकामा सम्पन्न भएको छ ।
एमाओवादी क्षेत्र न. १ का क्षेत्रिय संयोजक प्रदीप बस्नेतको अध्यक्षतामा तथा एमाओवादीका केन्द्रिय सदस्य, मधेशी राष्ट्रिय मुक्ति मोर्चाका मोर्चाका महासचिव एवं सप्तरी इन्चार्ज रामरिझन यादवको प्रमुख अतिथिमा आयोजित कार्यक्रममा बिशिष्ट अतिथि सभासदहरु मानपुर चौधरी, अशोक मण्डल, उमेश कुमार यादव लगायतकाहरुले विगत लामो समय देखि पार्टीका नेता तथा कार्यकर्ताहरुलाई एक ठाउँमा भेला गराई अगामी दिनमा पार्टीलाई अझ सुदृढ गरी लग्ने प्रतिवद्धता जनाउँनुभएको छ ।
सो भेलामा पार्टीका डिसीएम, जिल्ला, नगर तथा गाउँ देखि क्षेत्रिय सम्मका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । उक्त भेलामा सभासद मानपुर चौधरीले संसदीय विकास कोषको १ करोड रकमको विभिन्न योजनाहरु सार्वजनिक गर्नुभएको छ ।
सभासद चौधरीद्वारा प्रस्तुत योजनाहरुमा शहिद दिलिप चौधरीको स्मारक निमार्ण १ लाख, मावि भगनी मलेठमा ७ लाख, घोघनपुर पिप्रा पुर्वको पौडा खोलामा र नदी नियन्त्रणका लागि १० लाख, पिप्रा पुर्वको पुल निमार्ण १५ लाख, महुली खोला नियन्त्रणको लागि ७ लाख, बन्द्रा खोला अधुरो पुल निमार्णका लागि ७ लाख छुटयाईएको छ ।
त्यस्तै निमावि रतवालाको लागि ७ लाख, मावि सितापुरमा ७ लाख, बकधुवाको डुवा बाँध निमार्णको लागि ७ लाख, डेंगरी खोला पुल निमार्णका लागि ८ लाख, कंचनरुप नगरपालिका ८ स्थित धर्मेश्वर महाबिर मन्दिर र धर्मेश्वर चौक निमार्णका लागि २३ लाख खर्च गरिने जनाईएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ