News Category 2082/03/05
विधि प्रक्रिया तथा प्राथमिकताको आधारमा जनताको आकांक्षा र आवश्यकता पुरा गर्ने ः सभामुख मण्डल

दैनिक समाचारदाता
राजविराज, ५ असार ।
मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले जनताको कुरा बुझन र आफ्नो स्तरबाट गर्न सकिने प्रयास का निम्ति ‘जनता र जनप्रतिनिधिबीच संवादका लागि सभामुख जनतासंग’ कार्यक्रम लिएर निस्केको बताएका छन् ।
बिहीबार मधेश प्रदेशसभा सचिवालयले राजविराजमा आयोजना गरेको ‘जनता र जनप्रतिनिधिबीच संवादका लागि सभामुख जनतासंग’ कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सभामुख मण्डलले जनताको आकांक्षा र आवश्यकता धेरै भएपनि साधनस्रोतको अभावमा समस्या भएको भन्दै विधि प्रक्रिया तथा प्राथमिकताको आधारमा जनताको आकांक्षा र आवश्यकता पुरा गर्न सकिने बताए ।
प्रहरी ऐन र निजामती कर्मचारी ऐन नहुँदा समस्या भएको भन्दै उनले संघीय सरकारले बनाउनुपर्ने ऐनहरु निर्माण भए मात्र संघीय पूर्ण रुपमा कार्यान्वय हुने धारणा राखे । जनता र जनप्रतिनिधिबीच राम्रो सम्वन्ध रहे सामाजिक सद्भाव कायम हुनुका साथै संघीयता पनि बलियो हुने उनले विश्वास व्यक्त गरे ।
जनताको आवश्यकता, सामाजिक सद्भाव र विधीको शाषणका लागि कानुन निर्माण हुने तर्क प्रस्तुत गर्दै उनले प्रदेशसभाबाट बनाउनुपर्ने कानुन र जनताको गुनासो सरोकारबाला समक्ष राखेर कार्यान्वयन गराउन सबै मिलेर काम गर्नु पर्नेमा जोड दिए ।
जनमत पार्टीका संसदीय दलका नेता महेश प्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा डाक्नेश्वरी नगरपालिकाका नगरप्रमुख रामलखन मलाह, रुपनी गाउँपालिका अध्यक्ष दिनेशकुमार यादव, नेकपा एसका अध्यक्ष प्रतापनारायण चौधरी लगायतले पनि आ–आफ्नो धारणा राखेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/20 संघर्ष समितिले चौथो चरणको आन्दोलनका लागि लियो सुझाव
- 2082/04/20 जसपा नेपाल सप्तरीको अध्यक्षमा दोहोरिए केदार
- 2082/04/20 राष्ट्रिय मुक्ति पार्टीको केन्द्रिय महासचिवमा केशव झा र सहमहासचिवमा गजेन्द्र मण्डल
- 2082/04/19 कन्तलालको हत्यामा संलग्नसहित ९ जना आरोपित पक्राउ
- 2082/04/19 जसपा नेपाल सप्तरीको नयाँ नेतृत्वका लागि निर्वाचन सम्पन्न
- 2082/04/19 मिडिया काउन्सीलद्वारा सुझाव संकलन
- 2082/04/18 जसपा नेपाल सप्तरीको निर्वाचन मिति तेश्रो पटक सारियो
- 2082/04/18 करेन्ट लागेर यूवकको मृत्यु
- 2082/04/18 हवाई फायर गरि प्रहरीद्वारा लागु औषधसहित दुई पक्राउ
- 2082/04/17 जसपा नेपाल सप्तरीको नयाँ नेतृत्वका लागि केदार र उमेश मैदानमा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ