News Category 2082/03/05
कावा नगरप्रमुखले आर्थिक अनियमितता गरेको भन्दै राजनीतिक दलद्वारा छानबिनको माग
दैनिक समाचारदाता
राजविराज, ५ असार ।
सप्तरीको शम्भुनाथ नगरपालिकाका कार्यवाहक नगरप्रमुखले विभिन्न योजना र विकास निर्माण कार्यमा आर्थिक अनियमितता गरेको भन्दै त्यहाका ६ वटा राजनीतिक दलले छानबिनको माग गरेको छ ।
बिहीबार ६ वटा राजनीतिक दलका प्रतिनिधि सम्मिलित टोलीले प्रमुख जिल्ला अधिकारीलाई एक ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन् ।
नेपाली काँग्रेस नगर अध्यक्ष सुरेन्द्र प्रसाद गुप्ता, एमालेका नगर अधयक्ष श्रीनारायण चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर अध्यक्ष श्रीकृष्ण राउत, जसपा नेपालका नगर अध्यक्ष मेघानन्द यादव, जनमत पार्टीका नगर अध्यक्ष संजिव साह र लोसपाका नगर अध्यक्ष गौरीकुमारी चौधरीद्वारा हस्ताक्षरित ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई बुझाइएको छ ।
ज्ञापनपत्रमा कार्यवाहक नगरप्रमुख अनिता चौधरीले केही कर्मचारी तथा सल्लाहकार अनिलकुमार भगतको मिलिभगतमा विभिन्न विकासीय कार्य तथा योजना बाँडफाँडमा आर्थिक अनियमितता भएको दाबी गरिएको छ ।
आर्थिक अनियमितता र भ्रष्टाचारको ९ बुँदे मागसहित सोको सत्यतथ्य छानबिन हुनुपर्ने माग गरिएको छ । पालिकामा निर्माण भइरहेको १५ शैयाको अस्पताल भवनमा भ्रष्टाचार भएको, नगरपालिकामा जेसिभि र इन्धन व्यक्तिगत काममा प्रयोग गरिएको, नगरपालिकालाई आसेपासे र कार्यकर्ता भर्तीकेन्द्र बनाएको, सार्वजनिक पोखरी ठेक्कामा बिधि प्रक्रिया मिचिएको, सूचना लुकाउने काम भएको तथा विभिन्न योजनाको बेचबिखन र कमिशनको खेल भएको ञापनपत्र मार्फत दाबी गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी दाहालले सो बारे आवश्यक अनुसन्धान गर्ने प्रतिबद्धता जनाएको टोलीमा सहभागि नेपाली काँग्रेस नगर समितिका अध्यक्ष सुरेन्द्र प्रसाद गुप्ताले जानकारी दिए । आर्थिक अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरप्रमुख जितेन्द्र प्रसाद गुप्ता बिरुद्ध आरोप पत्र दायर गरेपछी विशेष अदालतले जरिवाना र कैद सजाय हुने ठहर गरेको थियो । जसकारण झण्डै तीन वर्षदेखी चौधरी कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हाल्दै आएकी छिन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ