News Category 2082/03/06
दुई हजार ७ सय ९४ जना मिटरब्याज पीडितहरुबाट प्रहरीमा उजुरी
दैनिक समाचारदाता
राजविराज, ६ असार ।
मिटर ब्याजमा ऋण लिएका पीडितहरुको संख्या सप्तरीमा बढ्दै गएको छ । जिल्लामा हालसम्म २ हजार ७ सय ९४ जना पीडितहरुबाट प्रहरीमा उजुरी परेको छ ।
जसमध्ये अहिलेसम्म ५ सय ८ वटा उजुरी मात्र फछ्र्यौट भएको छ भने २ हजार २ सय ८६ उजुरी फछ्र्यौट गर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले हालसम्म फछ्र्यौट भएका उजुरी मध्ये १ सय ४२ वटामा सहमति मार्फत, ३८ वटा मुद्दा दर्ता मार्फत तथा बाँकी कानुनी प्रक्रिया अनुसार फछ्र्यौट भएको बताए । उनले अब नयाँ व्यवस्था अनुसार बाँकी रहेका उजुरीहरुको फछ्र्यौट जिल्ला प्रशासन कार्यालयबाट हुने जानकारी समेत दिए ।
यस अघि जिल्ला प्रहरी कार्यालय मार्फत अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी उजुरी, छानबिन तथा फछ्र्यौट गर्ने काम हुँदै आएकोमा अव जिल्ला प्रशासन कार्यालयबाट हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले दुई दिनअघि सूचना जारी गर्दै अव जिल्लाभित्र हुने अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी सम्पूर्ण उजुरी, छानबिन तथा फछ्र्यौट कार्यहरु हुने जानकारी गराएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ