News Category 2082/03/07
पक्राउ परेका मण्डल थप आधा दर्जन अपराधमा संलग्न रहेको प्रहरीको खुलासा

दैनिक समाचारदाता
राजविराज, ७ असार ।
लागुऔषध गाजा भण्डारण र तस्करीको तीन बर्ष पुरानो घट्नामा संलग्न रहेको आरोपमा असार २ गते पक्राउ परेका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदह निवासी बुधन भन्ने जोगानन्द मण्डल माथि ज्यानमार्ने उद्योगदेखि हातहतियार खरखजाना सम्मका गरी थप ७ वटा मुद्दा रहेको प्रहरीले खुलासा गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले शनिबार ३५ बर्षीय मण्डल माथि गत आ.ब. २०६५÷०६६ देखि २०८०÷०८१ सम्ममा सप्तरी जिल्ला अदालतबाट चलेको विभिन्न अपराधका थप ७ वटा मुद्दाबारे विवरण सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतका अनुसार मण्डल उपर २०६५÷०६६ मा केही सार्वजनिक अपराध, २०६७÷०६८ मा हातहतियार तथा औजार र २०६८÷०६९ मा ज्यान मार्ने उद्योगमा क्रमशः इलाका प्रहरी कार्यालय कञ्चरपुर र जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भई कानुनी प्रक्रियामा रहेको छ ।
यस्तै मण्डललाई २०७१÷०७२ मा सप्तरी जिल्ला अदालतबाट लागुऔषध मुद्दामा दुई बर्ष कैद र १५ हजार जरिवाना २०७७÷०७८ मा एक बर्ष ९ महिना कैद तथा २०८०÷०८१ मा सोही मुद्दामा १० हजार जरिवाना र चारसय रुपैयाँ क्षतिपुर्ती भराउने अदालतले ठहर गरेको थियो ।
उनी माथि चलेको मुद्दा मध्ये केही सार्वजनिक अपराध, ज्यानमार्ने उद्योग, हातहतियार तथा औजार र हातहतियार खरखजाना लगायतका कसूरबारे अदालतमा न्याय सम्पादन कार्य प्रक्रियामै रहेको प्रहरीको भनाई छ ।
मण्डल सोमबार कोशी व्यारेज क्षेत्रबाट पक्राउ परेका थिए । प्रहरीका अनुसार २०७९ पुष १४ गते हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित सप्तकोशी नदी किनारमा बालुवामुनी गाडेको अवस्थामा प्रहरीले ८ सय १० किलो गाँजा बरामद गरेको थियो । अनुसन्धानका क्रममा उक्त गाँजा तस्करी प्रयोजनका लागि मंडलले नै लुकाई राखेको खुलेको प्रहरीको दावी छ । प्रहरीले सो प्रकरणको अनुसन्धानलाई तिब्र बनाएपछि मण्डल फरार भएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ