News Category 2082/03/08
दुई मोटरसाईकल एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु
दैनिक समाचारदाता
राजविराज, ८ असार ।
दुई मोटरसाईकल एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित भलुवा जाने सडक खण्डमा आइतबार बिहान ६ बजे कंकालिनी मन्दिरबाट भलुवातर्फ जाँदै गरेको को.१०प. ५६२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको बा.५५प. ६६३९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका बा.५५प.६६३९ नम्बर मोटरसाइकल चालक शम्भुनाथ नगरपालिका ११ स्थित राजपुर घर भएका १९ वर्षीय अविनाश मण्डलको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारका क्रममा मृत्यु भएको हो ।
त्यसैगरी को.१०प.५६२ नम्बर मोटरसाइकलका चालक कंचनरुप नगरपालिका १ बैरवा निवासी ३४ वर्षीय ओम प्रकाश पंजियारको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।
दुर्घटनामा सोही मोटरसाइकलमा पछाडि सवार कञ्चनरुप १ का ३० वर्षीय सुभाष महतो सामान्य घाइते भएका थिए । उनलाई उपचारपछि न्युरो अस्पतालबाट डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।
दुर्घटनाग्रस्त दुवै मोटरसाइकल नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक काफ्ले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ