News Category 2082/03/08
नगरपालिका कर्मचारीको धर्ना यथावत, सर्वदलिय बैठकको निर्णय बारे आफूहरुलाई कुनै जानकारी छैन् ः अध्यक्ष देव

दैनिक समाचारदाता
राजविराज, ८ असार ।
विगत एक सातादेखी धर्नामा बसेका राजविराज नगरपालिकाका कर्मचारीहरुको धर्ना कार्यक्रमलाई आइतबार पनि निरन्तरता दिएका छन् ।
नेपाल नगरपालिका कर्मचारी एशोसिएशन ईकाइ समिति राजविराज नगरपालिकाका अध्यक्ष कल्पना देवले जिल्ला प्रशासन कार्यालयमा शुक्रबार भएको सर्वदलिय बैठकको निर्णय बारे आफूहरुलाई कुनै जानकारी नआएको बताएकी छिन् ।
उनले आफूहरुको माग बारे नगरपालिकाको तर्फबाट कुनै जानकारी नआएको बताउँदै पीडित पक्षहरुको कुरा नसुनेर गरिएको निर्णयको कुनै औचित्य नहुने समेत बताइन ।
“आफूहरुको मागप्रति कुनै सुनुवाई भएको छैन्, हामी नगरपालिका परिसरमै धर्नामा बसेका छौं” उनले भनिन्, “सर्वदलिय बैठकले के निर्णय ग¥यो, थाहा छैन्, नगरपालिकाले पनि कुनै जानकारी दिएको छैन् ।”
गत जेठ २७ गते मंगलबार कर्मचारीहरु बारुणयन्त्रको छेउमा उभिरहेको बेला पूर्वग्राही तथा सुनियोजित रुपमा आफूसहित लेखा अधिकृत शत्रुधनलाल दास र शहरी स्वास्थ्य क्लिनिकका अहेव संतोष कुमार दास माथि संघातिक आक्रमण आक्रमण, कुटपीट र लुटपाट घटनाका पीडितहरुले न्याय पाउनुपर्ने कर्मचारीहरुको माग छ ।
निलम्बित नगरप्रमुख भिमराज यादवको निर्देशनमा मलाई गालिगलौजसहित सडकमा घिसारी ज्यानमार्ने धम्की दिदै लेखा अधिकृत दासलाई मर्नासन्न हुने गरी कुटपिट गरिएको अध्यक्ष देवले बताउँदै लेखापालले लगाएको सुनको सिक्री समेत लुटपाट गरिएको उल्लेख गरिन ।
यसअघि जेठ २२ गते सव इन्जिनियर रविन्द्र कुमार यादवको डेरमै गई नियम विपरित कार्य गर्न दवाव दिदै गालि गलौज तथा वेईज्जत समेत गरिएको यसअघि अध्यक्ष देवले पत्रकार सम्मेलन गरेर आरोप लगाएकी थिईन् ।
यस्तो घटनाले सम्पूर्ण कर्मचारीहरु असुरक्षित भएको हुँदा पीडितलाई न्याय, दोषीलाई कानून वमोजिम कारबाही, सुरक्षाको प्रत्याभूति र सहज वातावरण नबने सम्म अत्यावश्यक सेवामा खटिएका बाहेकका कर्मचारीहरु काममा नफर्किने पुरानै माग सहित नगरपालिकाको मुल गेटमै कर्मचारीहरु धर्नामा बस्दै आएका छन् ।
अहिले सम्ममा ११ प्रतिशत जति विकासिय बजेट खर्च भएको र सञ्चालनमा रहेका योजनाहरु सम्पन्न भए ३८ देखि ४० प्रतिशत सम्म बजेट खर्च हुन सक्ने लेखा अधिकृत दासको अनुमान छ । कर्मचारीको आन्दोलनका मागहरु सम्बोधन भएन र यसरी नै नगरपालिकाको कामकाज ठप्प रह्यो भने बजेट फ्रिज हुने उनले बताए ।
जेठ २७ गते मंगलबार तत्कालिन प्रमुख प्रशाकीय अधिकृत डा.श्रवणकुमार साहको सरुवा र शिक्षा अधिकृत भोगेन्द्रप्रसाद यादवलाई निमित्त प्रमुख प्रशासकीयको जिम्मेवारी दिइएपछि निलम्बित नगरप्रमुख यादव र कार्यवाहक नगरप्रमुख इसरत परवीनबीचको विवादले राजविराज नगरपालिका तनावग्रत बनेको थियो । सोही क्रममा निलम्बित नगरप्रमुख यादव समर्थकहरुले कर्मचारीहरु माथि दुव्र्यवहार र कुटपीट भएको थियो । त्यस विषयमा दुबैपक्षले जिल्ला प्रहरीमा जाहरी दिएपछि प्रमुख जिल्ला अधिकारी भोला दाहालको पहलमा बसेको सर्वदलिय बैठकले दुवै पक्षको गल्ती भएको ठहर गर्दै गल्ती गर्नेहरुले आत्मआलोचना सहित माफी माग्नुपर्ने सहितको निर्णय गरेपनि त्यो कार्यान्वयन हुन सकेको छैन् ।
संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले राजविराज नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हरिकिशोर प्रसाद चन्द्रवंशीलाई पठाइ सकेपछि प्रमुख प्रशाकीय अधिकृतकै विषमा भएको विवाद किनारा लागेपछि कर्मचारीको माग सम्बोधन र कार्यालय संचालनको विषयमा कुनै ठोस निष्कर्ष नआउनुले असार १० गते ल्याउनुपर्ने नीति कार्यक्रम तथा बजेट पनि नआउने सम्भावना बढेको छ ।
नगरपालिकाको कर्मचारीहरु एक सातादेखी कामकाज ठप्प पारेर धर्नामा बस्दा कामकाज पूर्णरुपमा प्रभावित भएको छ । आर्थिक वर्षको पूर्वसन्ध्यामा नगरपालिकाको सबै काम प्रभावित भएको हो । अत्यावश्यक काम बाहेक सबै काम ठप्प छ । नगरपालिकाको मुख्य आयश्रोत राजश्व हो, तर सो शाखामा पनि तालाबन्दी गरि कर्मचारी धर्नामा बसेका कारण राजश्व संकलन समेत हुन पाएको छैन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ