News Category 2071/12/03
केही सीमित राजनैतिक दलले संविधानसभा अपहरण ग¥यो ः थापा
दैनिक संवाददाता
राजविराज, २ चैत ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले केही सीमित राजनैतिक दलहरुले संविधानसभा अपहरण गरेको आरोप लगाउनु भएको छ ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीद्वारा सोमबार बिहान राजविराजमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सो आरोप लगाउँदै विगतमा भएको सम्झौताहरु कार्यान्वयन नहुनाले मुलुकमा द्वन्द्व समेत निम्तिएको जिकिर गर्नुभयो ।
अध्यक्ष थापाले मुलुकको आर्थिक विकासका निम्ति सम्पुर्ण दलहरु अगाडी बढनुपर्नेमा जोड दिनुहुँदै वर्तमान अवस्थामा संघियताको विवादमा पाँच जिल्लालाई विवाद बनाएर केवल निहुँ मात्र रहेको जिकिर गर्नुभयो । उहाँले एमाओवादी र मधेशवादी दलहरु सहमति, काँग्रेस एमाले बहुमतको गणितीय दाउमा रहेको आरोप लगाउनुभयो ।
पूर्वाञ्चलको विभिन्न जिल्ला भ्रमणको क्रममा सप्तरी आउँनुभएका अध्यक्ष थापाले संविधान सभाको विवादित विषयलाई समाधान गर्नका लागि जनमत संग्रह गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँँले भन्नुभयो, “एमाले काँग्रेसको अपवित्र गठबन्धनकै परिणाम हो, जुन अहिले मुलुकमा द्धन्द्व निम्तिएको छ ।” मुलुकमा देखिएको जटिल परिस्थितिको सामना गर्न एकताको आवश्यकता रहेको जिकिर गर्नुहुँदै अध्यक्ष थापाले मुलुकमा देखिएको संकटबाट मुक्त पार्न बैकल्पिक शक्तिको खाँचो रहेको स्पष्ट पार्नुभयो ।
एक अर्को प्रसङ्गमा अध्यक्ष थापाले समान विचार धारा भएका राप्रपासँग एकताको प्रयास भइरहेको बताउँनुहुँदै आप्mनो पार्टी राजा सहितको गणतन्त्रको पक्षमा उभिएको जिकिर गर्नुहुँदै मुलुकलाई राष्ट्र शक्ति आवश्यकता रहेकोले एकताको प्रयास भईरहेको जानकारी दिनुभयो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष प्रकाश खतिवडाको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा राप्रपा नेपालका महिला संगठनका सल्लाहकार प्रलिता थापा, पार्टीका सहमहासचिव वृजलाल यादव, सभासद गंगा प्रसाद यादव, पार्टीका केन्द्रिय सदस्यद्वय राजाराम बरतौला र सुभाषचन्द्र झा सहितको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ