News Category 2082/03/09
लैङ्गिक हिंसा रोक्न सडक नाटक मार्फत सन्देश
दैनिक समाचारदाता
राजविराज, ९ असार ।
लैङ्गिक हिंसा रोक्नका लागी जागरुक्ता फैलाउने उद्देश्यले सप्तरीको सुरुङ्गा नगरपालिकाबाट चेतनामूलक सडक नाटक मञ्चनको सूरुवात गरिएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग, एडिबीको सहकार्य तथा सोसाईटी बेलफेयर मिशन नेपाल सप्तरीको आयोजनामा थालिएको सडक नाटक सचेतना अभियान अन्र्तगत पहिलो दिन सुरुङ्गा नगरपालिकामा नाटक मञ्चन गरिएको छ ।
“खुलेर बोलौ, लैङ्गिक हिंसाको अन्त्य गरौ” नाराका साथ सोमवार सुरुङ्गा नगरपालिका ७ वसन्नपट्टी बजारबाट लैङ्गिक हिंसा जस्ता विकृति विसंगती अन्त्य गर्न तथा स्थानीयको जनचेतना बृद्धि गर्ने लक्ष्यका साथ यो अभियान सुरु गरिएको हो ।
मैथिली, भोजपुरीका चर्चित कलाकार रामलाल कमेडी (भुपेन्द्र मण्डल) को निर्देशनको करिब १ घण्टा लामो नाटकमा एक दर्जन कलाकारको अभिनय थियो । लैङ्गिक हिंसा जस्ता विकृति विसंगती विरुद्ध चोटिलो प्रहार गरेको नाटकले चेतना मुलक सन्देशहरु पनि दिएको थियो ।
नाटक मार्फत स्थानीय चेलीबेटीहरुलाई कुनै पनि खाले दुब्र्यवहार घर, परिवार र समाजबाट भए पीडकलाई कारवाही गराउन सामुहीक रुपमा खुलेर सबैले आवाज उठाउनु पर्नेमा जोड दिएको छ ।
लैङ्गिक हिंसा र त्यसले उब्जाउने् समस्याहरुमा केन्द्रित रहेको नाटक क्रमशः मधेश प्रदेशको सिरहा, धनुषा, महोत्तरी र सर्लाहीमा पनि प्रर्दशन हुने आयोजक संस्थाका अध्यक्ष मिथलेश प्रसाद साहले जानकारी दिए ।
जनप्रतिनीधी र समाजका अगुवाहरु समेतको उपस्थितीमा मञ्चन गरिएको नाटक मार्फत कलाकारहरुले समाजमा मानिसको सोच र मनोवृतिबाटै लैङ्गिक हिंसाका घटना उब्जने भएकाले सोच परिर्वतन संगै अपराधलाई जरैबाट निमिट्यान्न पार्न समुदायलाई आग्रह गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ