News Category 2082/03/09

ट्याक्टर पल्टिदा चालकको मृत्यु

दैनिक समाचारदाता

ट्याक्टर पल्टिदा चालकको मृत्यु

दैनिक समाचारदाता
राजविराज, ९ असार । 

     सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा सोमबार भएको ट्याक्टर दुर्घटनामा ट्याक्टर चालकको मृत्यु भएको छ । 
    सोमबार दिउँसो ३ बजेतिर तिलाठी कोइलाडी गाउँपालिका २ लौनियाबाट दामावत्तितर्फ जाँदै गरेको स.१त. ६७०० नम्बरको ट्याक्टर पल्टिदा चालक सोही वडा निवासी देवेन्द्र प्रसाद साहको मृत्यु भएको हो ।  
    प्रहरीका अनुसार ट्याक्टरले चेपिएर गम्भिर घाइते भएका ३८ वर्षिय साहलाई प्रहरीले उद्दार गरि उपचारका लागि स्थानिय गजेन्द्र नारायण सिंह अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । 
    मृतकको शव पोष्टमार्टमका लागि सोही अस्पतालमा राखी घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट