News Category 2082/03/09
रुपनी गाउँपालिकाले ल्यायो ४८ करोड ४३ लाखको बजेट

दैनिक समाचारदाता
राजविराज, ९ असार ।
सप्तरीको रुपनी गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ का लगि ४८ करोड ५५ लाख ४३ हजार ४ सय ३१ रुपैयाँको बजेट ल्याएको छ ।
सोमबार गाउँसभाको बैठकमा उपाध्यक्ष पुष्षा श्रेष्ठ लौगीले उक्त बजेट प्रस्तुत गर्दै संघीय सरकारबाट प्राप्त हुने अनुदानमा समानिकरण ९ करोड ४२ लाख, राजस्व बाँडफाँट ९ करोड ५५ लाख, सशर्त अनुदान २३ करोड ८९ लाख, समपुरक अनुदान २ करोड १५ लाख र विशेष अनुदान १ करोड रुपैयाँ रहेको बताइन् ।
यस्तै मधेश प्रदेश सरकारबाट प्राप्त हुने अनुदान अन्तर्गत समानिकरण ६५ लाख २० हजार, राजस्व बाँडफाँट ५३ लाख ६८ हजार र सम्पुरक अनुदान २० लाख, प्रदेश सशर्त अनुदान ८० लाख, विशेष अनुदान ३० लाख र आन्तरिक श्रोतबाट ६० लाख रुपैयाँ आय अनुमान गरिएको प्रमुख प्रशासकीय अधिकृत उमेश कुमार यादवले जानकारी दिए ।
सो गाउँसभाबाट शिक्षामा सुधार ल्याउन विद्यालय सञ्चालन रहेका बेला कक्षाकोठामा मोवाईलको प्रयोग निषेध गर्ने भएको छ । गाउँपालिकाले आर्थिक बर्ष २०८२÷०८३ का लागि ल्याएको बार्षिक नीति तथा कार्यक्रममा कक्षाकोठामा शिक्षकहरुलाई मोवाईल प्रयोगमा निषेध र प्रयोग गर्ने शिक्षकलाई कारवाही गर्ने उल्लेख छ ।
गाउँपालिका अध्यक्ष दिनेशकुमार यादवले सोमबार सातौं गाउँसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै कक्षाकोठामा शिक्षकहरु लाई मोवाइल प्रयोगमा निषेध गर्नुका साथै विद्यालयमा सुर्तिजन्य पदार्थ पनि पुर्ण रुपमा निषेध गरिने बताए ।
उनले कृषि क्षेत्रको विकासका लागि मलखाद विउ बिजनमा अनुदान, प्राङ्गारिक कृषि खेतीमा जोड, कृषकको वर्गिकरण गरि परिचयपत्र वितरण र दलितहरुको लागि घर मिटर निशुल्क उपलब्ध गराईने घोषणा गरे ।
पालिकाबाट सञ्चालन हुने विकास निर्माणका कार्यहरुमा बेरोजगार रहेका श्रमिकलाई सहभागि गराउनुका साथै वैदेशिक रोजगारबाट फर्किएका जनशक्तिहरुको परिचालन गरि रोजगारको अवसर सृजना गरिने अध्यक्ष यादवले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा उल्लेख छ ।
जेष्ठ नागरिक, अशक्त, असहायहरुको लागि घरदैलो उपचार कार्यक्रम सञ्चालन गरि प्लाष्टिक जन्य र वातावरण प्रदुषित बनाउने दैनिक प्रयोगका सामग्रीलाई निरुत्साहित गर्दै आगामी आर्थिक बर्ष भित्र सुरक्षित नागरिक आवास नीति अनुरुप परालको घर न्यूनीकरणमा जोड दिईने नीति तथा कार्यक्रममा समेटिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ