News Category 2082/03/10
एसपी खतिवडाको कार्यकालमा चार सय ४ फरार प्रतिवादी पक्राउ, एक सय १ वर्ष १० महिना १० दिन कैद भुक्तानका लागि कारागार चलान
दैनिक समाचारदाता
राजविराज, १० असार ।
सप्तरीका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाको सप्तरी बसाइका क्रममा अबैध गाँजा नियन्त्रणदेखी अदालतबाट कैद सजाय तोकिएर फरार प्रतिवादी पक्राउ गरिएको छ ।
मंगलबार जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी एवं प्रवक्ता जितेन्द्र कुमार बस्नेतले एक विज्ञप्ति जारि गर्दै एसपी खतिवडाको कार्यकालमा सम्पादन गरिएको महत्वपूर्ण एवम् उपलब्धिपूर्ण कार्य सार्वजनिक गर्दै सो कुरा उल्लेख छ ।
एसपी खतिवडाको कार्यकालमा अबैध लागूऔषध गाँजा ६ हजार ६ सय ६६ किलो ९२० ग्राम, अबैध अन्य लागूऔषध ८ सय ७२ पिस, ब्राउन सुगर १.४ ग्राम नियन्त्रणमा लिएको, संलग्न ३५ जना पक्राउ गरि ३१ जनालाई लागूऔषध विरुद्ध मुद्दा चलाएको प्रहरी प्रबक्ता डिएसपी बस्नेतद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी ४ सय ४ जना फरार प्रतिवादी पक्राउ गरि सप्तरी जिल्ला अदालतमा पेश गरि २६ लाख ६१ हजार २ सय ५२ जरिवाना असुल तथा १ सय १ वर्ष १० महिना १० दिन कैद भुक्तानका लागि कारागार चलान गरिएको, अबैध भन्सार चोरी निकासी २ करोड ५८ लाख ६४ हजार ३० रुपैयाँ बराबरको सामान तथा सवारी साधन नियन्त्रणमा लिइ भन्सार कार्यालयमा दाखिला गरिएको र लागूऔषध तर्फ सवारी साधन १३ बटा र अबैध भन्सार चोरी निकासी तर्फ ४६ वडा सवारी नियन्त्रण लिएको विज्ञप्तिमा जनाइएको छ ।
स्थानीय तहहरुको सहकार्यमा जुनियर प्रहरी अधिकृत व्यारेक, प्रहरी हवलदार व्यारेक र प्रहरी जवान व्यारेकमा १० थान ए।सी जडान गरि संचालन ल्याएको, कार्यालय परिसर भित्र सेवाग्राहीहरुका लागि शौचालय निर्माण कार्य अन्तिम चरणमा रहेको, निवेदन र उजुरी तथा सेवाग्राहीको सहजताको लागि स्थानीय सरकारसंग समन्वय गरि छलफलका लागि २ कोठे भवन निर्माण कार्य भइरहेको, सप्तरी उधोग वाणिज्य संघको सहकार्यमा प्रहरीलाई शुद्व खानेपानी खुवाउनका लागि ४ थान वाटर केन्ट संचालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
सप्तरी प्रहरी प्रमुखको जिम्मेवारी पाएसंगै सप्तरीकै लागूऔषध गाँजा तस्करीमा संलग्न मण्डललाई पक्राउ गरेपछि एसपी खतिवडा विवादमा तानिएका थिए । हाल उनको बागमती प्रदेश प्रहरी कार्यालयमा काज सरुवा भएको छ भने सप्तरी प्रहरी प्रमुखको जिम्मा एसपी गौतम केसीले पाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ