News Category 2082/03/10
एसपी खतिवडाको कार्यकालमा चार सय ४ फरार प्रतिवादी पक्राउ, एक सय १ वर्ष १० महिना १० दिन कैद भुक्तानका लागि कारागार चलान
दैनिक समाचारदाता
राजविराज, १० असार ।
सप्तरीका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाको सप्तरी बसाइका क्रममा अबैध गाँजा नियन्त्रणदेखी अदालतबाट कैद सजाय तोकिएर फरार प्रतिवादी पक्राउ गरिएको छ ।
मंगलबार जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी एवं प्रवक्ता जितेन्द्र कुमार बस्नेतले एक विज्ञप्ति जारि गर्दै एसपी खतिवडाको कार्यकालमा सम्पादन गरिएको महत्वपूर्ण एवम् उपलब्धिपूर्ण कार्य सार्वजनिक गर्दै सो कुरा उल्लेख छ ।
एसपी खतिवडाको कार्यकालमा अबैध लागूऔषध गाँजा ६ हजार ६ सय ६६ किलो ९२० ग्राम, अबैध अन्य लागूऔषध ८ सय ७२ पिस, ब्राउन सुगर १.४ ग्राम नियन्त्रणमा लिएको, संलग्न ३५ जना पक्राउ गरि ३१ जनालाई लागूऔषध विरुद्ध मुद्दा चलाएको प्रहरी प्रबक्ता डिएसपी बस्नेतद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी ४ सय ४ जना फरार प्रतिवादी पक्राउ गरि सप्तरी जिल्ला अदालतमा पेश गरि २६ लाख ६१ हजार २ सय ५२ जरिवाना असुल तथा १ सय १ वर्ष १० महिना १० दिन कैद भुक्तानका लागि कारागार चलान गरिएको, अबैध भन्सार चोरी निकासी २ करोड ५८ लाख ६४ हजार ३० रुपैयाँ बराबरको सामान तथा सवारी साधन नियन्त्रणमा लिइ भन्सार कार्यालयमा दाखिला गरिएको र लागूऔषध तर्फ सवारी साधन १३ बटा र अबैध भन्सार चोरी निकासी तर्फ ४६ वडा सवारी नियन्त्रण लिएको विज्ञप्तिमा जनाइएको छ ।
स्थानीय तहहरुको सहकार्यमा जुनियर प्रहरी अधिकृत व्यारेक, प्रहरी हवलदार व्यारेक र प्रहरी जवान व्यारेकमा १० थान ए।सी जडान गरि संचालन ल्याएको, कार्यालय परिसर भित्र सेवाग्राहीहरुका लागि शौचालय निर्माण कार्य अन्तिम चरणमा रहेको, निवेदन र उजुरी तथा सेवाग्राहीको सहजताको लागि स्थानीय सरकारसंग समन्वय गरि छलफलका लागि २ कोठे भवन निर्माण कार्य भइरहेको, सप्तरी उधोग वाणिज्य संघको सहकार्यमा प्रहरीलाई शुद्व खानेपानी खुवाउनका लागि ४ थान वाटर केन्ट संचालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
सप्तरी प्रहरी प्रमुखको जिम्मेवारी पाएसंगै सप्तरीकै लागूऔषध गाँजा तस्करीमा संलग्न मण्डललाई पक्राउ गरेपछि एसपी खतिवडा विवादमा तानिएका थिए । हाल उनको बागमती प्रदेश प्रहरी कार्यालयमा काज सरुवा भएको छ भने सप्तरी प्रहरी प्रमुखको जिम्मा एसपी गौतम केसीले पाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ