News Category 2082/03/10
कर्मचारीको धर्ना जारि, नगरपालिकाको आपसी विवादले ४२ वटा सामुदायिक विद्यालय संचालन एवं व्यवस्थापनमा असर
दैनिक समाचारदाता
राजविराज, १० असार ।
प्रधानाध्यापक संघ नेपालले राजविराज नगरकार्यपालिमा विगत केही दिनदेखी आपसी विवादका कारण दैनिक प्रशासनिक लगायतका सम्पूर्ण कामकाजहरु ठप्प रहेको भन्दै प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको छ ।
राजविराज नगरपालिकका सामुदायिक विद्यालयका सम्पूर्ण प्रअहरु सम्मिलित राजविराज नगरकार्य समिति प्रधानाध्यापक संघ नेपालले मंगलबार एक विज्ञप्ति जारि गर्दै नगरपालिका भित्र रहेका ४२ वटा सामुदायिक विद्यालयहरुको समयमा पाठ्यपुस्तक, छात्रवृती, दिवाखाजा, तलबभत्ता लगायत अन्य विभिन्न महत्वपूर्ण निकासाहरु नहुने÷नसक्ने अवस्था देखिएकोले विद्यालयमा अध्ययनरत बालबालिकाहरुको पठनपाठन लगायत विद्यालय सञ्चालन एवम् व्यवस्थापन कार्यमा ठूलो असर पर्ने अवस्था देखिएको उल्लेख छ ।
आर्थिक वर्षको अन्तमा यसरी दैनिक प्रशासनिक, आर्थिक लगायतका कामकाजहरु अवरोध हुँदा सामुदायिक विद्यालयहरुमा प्रवाह हुने विभिन्न प्रकारका निकासाहरु भुक्तानी हुन समेत कठिनाई भएकोले त्यसतर्फ गम्भिर हुन सबैमा आग्रह गरिएको छ ।
“नगरपालिकाका कार्यालयबाट दिइने सेवाहरु पनि ठप्प भई आमनागरिकहरु व्यापक मर्कामा परिरहेको जनाउँदै विज्ञप्तिमा वर्तमान र सम्भावित सम्पूर्ण समस्याहरुको निराकरणका लागि नगरपालिकाको नियमित कामकाजहरु सूचनारु हुनु पर्ने प्रधानाध्यापकहरूको सामुहिक ठहर रहेको छ ।” विज्ञप्तिमा यस कार्यमा पहलकदमीका लागि जिल्ला समन्वय समिति, राजविराज नगरपालिकाका कावा नगरप्रमुख र नेपाल पत्रकार महासंघलाई बोधार्थ समेत गरिएको छ ।
यसैबीच राजविराज नगरपालिकाका कर्मचारीहरुले मंगलबार पनि धर्ना कार्यक्रमलाई निरन्तरता दिएका छन् । नेपाल नगरपालिका कर्मचारी एशोसिएशन ईकाइ समिति राजविराज नगरपालिकाका अध्यक्ष कल्पना देवको नेतृत्वमा सो धर्नालाई निरन्तरता दिइएको हो ।
गत जेठ २७ गते कर्मचारीहरु बारुणयन्त्रको छेउमा उभिरहेको बेला पूर्वग्राही तथा सुनियोजित रुपमा आफूसहित लेखा अधिकृत शत्रुधनलाल दास र शहरी स्वास्थ्य क्लिनिकका अहेव संतोष कुमार दास माथि संघातिक आक्रमण आक्रमण, कुटपीट र लुटपाट घटनाका पीडितहरुले न्याय पाउनुपर्ने कर्मचारीहरुको माग छ ।
घटनाले सम्पूर्ण कर्मचारीहरु असुरक्षित भएको हुँदा पीडितलाई न्याय, दोषीलाई कानून वमोजिम कारबाही, सुरक्षाको प्रत्याभूति र सहज वातावरण नबने सम्म अत्यावश्यक सेवामा खटिएका बाहेकका कर्मचारीहरु काममा नफर्किने पुरानै माग सहित नगरपालिकाको मुल गेटमै कर्मचारीहरु धर्नामा बस्दै आएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ