News Category 2082/03/15
रोपाईसँगै काँग्रेसद्वारा किसानको कार्यालय उद्घाटन
दैनिक समाचारदाता
राजविराज, १५ असार ।
धान दिवसको अवसरमा किसानका खेतमा रोपाइसंगै किसानहरुको संगठन कार्यालयको उदघाटन गर्दै नेपाली काँग्रेस सप्तरीले धान दिवस मनाएको छ ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ पथरगाडामा आइतवार नेपाली काग्रेंसको अगुवाईमा किसानका खेतमा रोपाई तथा क्षेत्र नं.३ मा स्थापना गरिएको नेपाल किसान महासंघको क्षेत्रिय कार्यालयको उदघाटन गरी २२ औं धान दिवस मनाइएको हो ।
उक्त दुबै कार्यक्रम नेपाली काँग्रेसका तर्फबाट सप्तरी क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधी सभासदस्य दिनेश कुमार यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
सो अवसरमा उनले कृषि उत्पादन बढाउने सन्देश तथा किसानहरुमा हौसला प्रदान गर्न यस्तो कार्यक्रममा सहभागी भएको बताए ।
“धानबाली सघनता ः खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने नाराका साथ उक्त कार्यक्रमको आयोजना गरिएको आयोजक नेपाल किसान महासंघ सप्तरीका अध्यक्ष रामलखन साहले बताए ।
धान दिवसमा आयोजित उक्त कार्यक्रममा नेपाली काँग्रेस मधेश प्रदेशका सहमहामन्त्री विन्दु यादव, नेपाल किसान महासंघ केन्द्रिय सदस्य अम्बुज प्रसाद सिंह, क्षेत्रिय सभापती भुपेन्द्र यादव, भागवत यादव, नगर समिती सभापती नारायण यादव, नेविसंघका जिल्ला अध्यक्ष राकेश ठाकुरका साथै ठूलो संख्यामा किसान र स्थानीयवासी सहभागी भए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ