News Category 2082/03/15
रोपाईसँगै काँग्रेसद्वारा किसानको कार्यालय उद्घाटन
दैनिक समाचारदाता
राजविराज, १५ असार ।
धान दिवसको अवसरमा किसानका खेतमा रोपाइसंगै किसानहरुको संगठन कार्यालयको उदघाटन गर्दै नेपाली काँग्रेस सप्तरीले धान दिवस मनाएको छ ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ पथरगाडामा आइतवार नेपाली काग्रेंसको अगुवाईमा किसानका खेतमा रोपाई तथा क्षेत्र नं.३ मा स्थापना गरिएको नेपाल किसान महासंघको क्षेत्रिय कार्यालयको उदघाटन गरी २२ औं धान दिवस मनाइएको हो ।
उक्त दुबै कार्यक्रम नेपाली काँग्रेसका तर्फबाट सप्तरी क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधी सभासदस्य दिनेश कुमार यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
सो अवसरमा उनले कृषि उत्पादन बढाउने सन्देश तथा किसानहरुमा हौसला प्रदान गर्न यस्तो कार्यक्रममा सहभागी भएको बताए ।
“धानबाली सघनता ः खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने नाराका साथ उक्त कार्यक्रमको आयोजना गरिएको आयोजक नेपाल किसान महासंघ सप्तरीका अध्यक्ष रामलखन साहले बताए ।
धान दिवसमा आयोजित उक्त कार्यक्रममा नेपाली काँग्रेस मधेश प्रदेशका सहमहामन्त्री विन्दु यादव, नेपाल किसान महासंघ केन्द्रिय सदस्य अम्बुज प्रसाद सिंह, क्षेत्रिय सभापती भुपेन्द्र यादव, भागवत यादव, नगर समिती सभापती नारायण यादव, नेविसंघका जिल्ला अध्यक्ष राकेश ठाकुरका साथै ठूलो संख्यामा किसान र स्थानीयवासी सहभागी भए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ