News Category 2082/03/15
बैदेशिक रोजगारीमा गएका २४ जनाले ज्यान गुमाए
दैनिक समाचारदाता
राजविराज, १५ असार ।
बैदेशिक रोजगारीमा गएका मध्येबाट एक वर्षको अवधीमा सप्तरीका दुई दर्जन ब्यक्तीहरुले ज्यान गुमाएका छन ।
राजविराज नगरपालिकाले सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत वैदेशिक रोजगारीका लागी आयोजना गरेको पत्रकाहरुसंगको अन्तरक्रिया कार्यक्रममा यस्तो तथ्याङ्क सार्वजनिक गरिएको हो ।
आ.ब.२०८१÷०८२ को जेठ महिना सम्मको अवधिमा सप्तरी जिल्लाबाट विभिन्न मुलुकमा रोजगारीका लागी २ सय २९ महिला र १६ हजार ८ सय ९३ पुरुष गरी कुल १७ हजार १ सय २२ जना जनशक्ती बाहिरिएको उल्लेख गरिएको छ । जसमध्ये २४ जनाको ज्यान गएको छ ।
यसरी ज्यान गुमाउनेहरुमा सप्तरीको खडक नगरपालिका, तिरहुत गाउँपालिका र रुपनी गाउँपालिकाका ३÷३ जना छन । यस्तै डाक्नेश्वरी नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, कंचनरुप नगरपालिका, महादेवा गाउँपालिका र बलान बिहुल गाउँपालिकाका २÷२ तथा राजविराज नगरपालिका, सप्तकोशी नगरपालिका, शम्भुनाथ नगरपालिका, राजगढ गाउँपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका १÷१ जना नेपाली युवाले विदेशी भूमीमा ज्यान गुमाएको तथ्याङ्कले देखाएको छ ।
सुरक्षित आप्रवासन (सामी) का जिल्ला कार्यक्रम संयोजक राजेन्द्र कुमार यादवले यस अवधीमा वैदेशिक रोजगारीका नाममा विभिन्न ब्यक्ती, एजेन्ट र म्यानपावर कम्पनीहरुबाट ठगिने ब्यक्तीको संख्या ५ सय ९४ रहेको बताए । जसमध्ये आप्रवासी केन्द्रको पहलमा २ सय ४१ जनालाई न्याय दिलाउन सफल भएको र बाँकीका हकमा समेत आवश्यक पहल भइरहेको बताए ।
गत आर्थिक वर्ष २०८०÷०८१ मा सप्तरीबाट रोजगारीका लागी १ सय ६३ महिला र १२ हजार ३ सय ९४ पुरुष गरी कुल १२ हजार ५ सय ५७ जना युवा जनशक्ती विदेशिएका थिए ।
कार्यक्रम संयोजक यादवले स्वदेश मै रोजगारीको अवसरमा सिर्जना गर्न तथा बैदेशिक रोजगारीमा जाने नै भए सहि सूचना तथा सीप सिकेर मात्र जानु पर्ने माहौल सिर्जनाका लागी केन्द्रले काम गरिरहेको स्पष्ट पारे ।
वैदेशिक रोजगारीलाई सुरक्षित र भरपर्दाे बनाउन थालिएको यस्तो कार्यक्रमले वैदेशिक रोजगारीका क्रममा ठगिएका र अलपत्र परेका धेरै पीडितले राहत पाएको भन्दै उनले भविष्यमा यस्ता घटनाहरु दोहोरिन नदिन संचारकर्मीहरुले पनि आ–आफ्नो कलम मार्फत भुमिका खेल्नु पर्नेमा जोड दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ