News Category 2071/12/03
एसएलसीलाई मर्यादित बनाउँने प्रतिवद्धता
दैनिक संवाददाता
राजविराज, २ चैत ।
विद्यार्थीहरुको आईरन गेटको रुपमा मानिने एसएलसीलाई मर्यादित बनाउँने प्रतिवद्धता एक कार्यक्रमका सहभागिहरुले जनाएका छन ।
जिल्ला परीक्षा समन्वय समिति सप्तरीको आयोजनामा सोमबार राजविराजमा आयोजित एसएलसी परीक्षा केन्द्राध्यक्षहरुसँगको अभिमुखीकरण कार्यक्रममा सहभागिहरुले यस्तो प्रतिवद्धता जनाएका हुन ।
विगतका वर्षहरुमा जसरी सप्तरीलाई बदनाम गरिएको छ, त्यसैगरी यस वर्ष सप्तरीको एसएलसी परीक्षालाई थप मर्यादित बनाउँनु सम्बन्धित सबै पक्षसँग आग्रह समेत गरिएको छ ।
कार्यक्रममा सहभागि सरोकारबालाहरुले विगत तीन चार वर्षदेखि सप्तरीको एसएलसी मर्यादित रुपमा संचालनमा रहेको तथा यस वर्ष जिल्लामा पुर्ण रुपमा मर्यादित परीक्षा संचालनमा आउँनका लागि जिम्मेवार सम्पुर्ण निकायसँग अनुरोध गरेका छन् ।
एसएलसी परीक्षामा विद्यार्थीहरुलाई शान्त, स्वच्छ, मर्यादित रुपमा निर्भिकतापूर्वक आप्mनो मौलिकताको आधारमा प्रश्नपत्रको उत्तर दिने वातावरणको सिर्जना गर्नुपर्ने, परीक्षा केन्द्रको हातादेखि दुई सय मिटरको दुरीसम्म् भिडभाड अथवा होहल्ला जस्ता अवान्छित गतिविधि गर्न बन्देज गरिने भएको छ ।
त्यस्तै परीक्षा केन्द्रको मुल ढोकामा ताल्चा लगाई सो को साँचो गेटमा तैनाथ सुरक्षाकर्मीको जिम्मा दिने, अनुगमन टोली अथवा अनुगमनकर्ता आएको जानकारी अथवा संकेत दिने कर्मचारीलाई परीक्षा केन्द्रबाट निष्काशन गरी कार्बाही गरिने एवं परीक्षामा खटिने कर्मचारीहरुले जिल्ला शिक्षा कार्यालयको अनुमतिबेगर कसैलाई पनि परीक्षा केन्द्रमा प्रवेश नगराउने, प्रवेश गराएको पाइएमा केन्द्राध्यक्षलाई नियमानुसार कारवाही गरिने भएको छ ।
जिल्ला परीक्षा समन्वय समिति सप्तरीका संयोजक एवं प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला शिक्षा अधिकारी लक्ष्मीप्रसाद भटराई, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक शिशिर कुमार कर्माचार्य, सशस्त्र प्रहरीका एसपी हृदयनारायण मण्डल, डिएसपी नारायण प्रसाद चिमरिया, नेपाल शिक्षक युनियनका अध्यक्ष फुलेश्वर कुमार मण्डल, नेपाल शिक्षक संघका अध्यक्ष परशुराम यादव, नेपाल पत्रकार महासंघका अध्यक्ष प्रकाश खतिवडा लगायतका बक्ताहरुले यस वर्षको एसएलसीलाई मर्यादित बनाउँनका लागि सबै सरोकारबालाहरुले आआफनो स्थानबाट सहयोग गर्न अनुरोध समेत गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ