News Category 2082/03/17
भन्सार छलेर ल्याउँदै गरेको सूर्तीजन्य पदार्थसहित अन्य सामानहरु बरामद
दैनिक समाचारदाता
राजविराज, १६ असार ।
सप्तरी प्रहरीले जिल्लाको विभिन्न स्थानबाट भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याउँदै गरेको दुई लाख भन्दा बढीको सुर्तीजन्य पदार्थ, अन्य सामाग्रि तथा कपडा बरामद गरेको छ ।
प्रहरीले जिल्लाको विष्णुपुर गाउँपालिका १ खुरहुरियास्थित सडक खण्डमा २ बोरा ३० किलो खैनी, २४ थान भांग, १ बोरा सर्फ, दुई थान इस्टेपलाइजर लोड गरि ल्याउँदै गरेको स.७प. ४३९९ नम्बरको मोटरसाइकल समेतलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार प्रहरीको गस्ती टोलीलाई देख्ने बित्तिकै मोटरसाइकल चालक सामानहरु छोडेर भोगेपछी मोटरसाइकलसहित एक लाख ९७ हजार ६ सय ४० रुँपैया मुल्याङ्कन गरि ती सामानहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि राजविराज भन्सार कार्यालयमा बुझाइएको छ ।
त्यस्तै प्रहरीको गस्ती टोलीले जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १४ रम्पुरा मल्हनिया बेरियाघाटमा भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याउँदै गरेको ५० थान सुती साडी र २० थान गम्छा समेत बरामद गरेको छ ।
प्रहरीको गस्ती टोलीलाई देख्ने बित्तिकै बोरा छोडी मानिसहरु फरार भएपछी करिब २७ हजार मुल्य पर्ने ती कपडाहरु नियन्त्रणमा लिई भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ