News Category 2082/03/17
ग्यास चुलो सँग स्वस्थ्य जिवन शैलीको शुरुवात
दीपा यादव÷आरके यादव (प्रशिक्षार्थी पत्रकार)
राजविराज, १६ असार ।
सप्तरीको विष्णुपुर गाउँपालिका वडा नं. ५ का एक सय २० परिवारलाई सोमबार ग्यास चुलो वितरण गरिएको छ ।
धुवाँरहित पालिका बनाउने उद्देश्यले पालिका भित्रका विभिन्न परिवारहरुलाई ग्यास चुलो वितरण गरिएको हो ।
गाउँपालिका परिसरमा आयोजित विभिन्न परिवारहरुलाई ग्यास चुलो वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष उमेशप्रसाद यादवले वडा नम्बर ५ का एक सय २० परिवारलाई ग्यास चुलो वितरण गरेका छन् ।
ग्यास चुलो वितरण गर्दै अध्यक्ष यादवले धुवाँ मुक्त पालिका बनाउने नीति अनुसार गरिव तथा विपन्न परिवारलाई निशुल्क ग्यास चुलो वितरण गरिएको बताए ।
यसले घर परिवारलाई धुवाँमुक्त बनाउने, स्वास्थ्यमा सुधार ल्याउने र दाउराको प्रयोग कम हुने अध्यक्ष यादवले विश्वास व्यक्त गरे । उनले यो कार्यक्रम निरन्तर जारी राख्ने प्रतिवद्धता समेत जनाए ।
पालिका भित्रका सबै गरिव विपन्न परिवारलाई ग्यास चुलो उपलब्ध गराईने बताउँदै वडा नम्बर १ मा २७९, वडा नम्बर २ मा २१९, वडा नम्बर ३ मा १३९, वडा नम्बर ४ मा २२३, वडा नम्बर ५ मा २३०, वडा नम्बर ६ मा २३० र वडा नम्बर ७ मा २१९ परिवार गरि कूल एक हजार पाँच सय ३९ परिवारलाई ग्यास चुलो वितरण गरिने अध्यक्ष यादवले जानकारी दिए ।
उनले आगामी आर्थिक बर्षमा महिला सशक्तिकरण योजना अन्तर्गत ग्यास सिलिण्डर पनि वितरण गरिने प्रतिवद्धता जनाए ।
ग्यास चुलो पाएपछि खुशी व्यक्त गर्दै स्थानियहरुले अव खाना पकाउनमा समय कम लाग्ने, दाउराको प्रयोग घट्ने र स्वच्छ उर्जाको प्रयोग हुनुका साथै स्वस्थ्य जिवन शैलीको शुरुवात पनि हुने बताए ।
पलिकाको सानो सहयोगले महिलाको अवस्थामा सुधार आउनुका साथै धुवाँ मुक्त समाज बनाउनमा ठुलो सहयोग पुगेको स्थानिय अनिता देवी साहको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ