News Category 2082/03/17
ग्यास चुलो सँग स्वस्थ्य जिवन शैलीको शुरुवात
दीपा यादव÷आरके यादव (प्रशिक्षार्थी पत्रकार)
राजविराज, १६ असार ।
सप्तरीको विष्णुपुर गाउँपालिका वडा नं. ५ का एक सय २० परिवारलाई सोमबार ग्यास चुलो वितरण गरिएको छ ।
धुवाँरहित पालिका बनाउने उद्देश्यले पालिका भित्रका विभिन्न परिवारहरुलाई ग्यास चुलो वितरण गरिएको हो ।
गाउँपालिका परिसरमा आयोजित विभिन्न परिवारहरुलाई ग्यास चुलो वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष उमेशप्रसाद यादवले वडा नम्बर ५ का एक सय २० परिवारलाई ग्यास चुलो वितरण गरेका छन् ।
ग्यास चुलो वितरण गर्दै अध्यक्ष यादवले धुवाँ मुक्त पालिका बनाउने नीति अनुसार गरिव तथा विपन्न परिवारलाई निशुल्क ग्यास चुलो वितरण गरिएको बताए ।
यसले घर परिवारलाई धुवाँमुक्त बनाउने, स्वास्थ्यमा सुधार ल्याउने र दाउराको प्रयोग कम हुने अध्यक्ष यादवले विश्वास व्यक्त गरे । उनले यो कार्यक्रम निरन्तर जारी राख्ने प्रतिवद्धता समेत जनाए ।
पालिका भित्रका सबै गरिव विपन्न परिवारलाई ग्यास चुलो उपलब्ध गराईने बताउँदै वडा नम्बर १ मा २७९, वडा नम्बर २ मा २१९, वडा नम्बर ३ मा १३९, वडा नम्बर ४ मा २२३, वडा नम्बर ५ मा २३०, वडा नम्बर ६ मा २३० र वडा नम्बर ७ मा २१९ परिवार गरि कूल एक हजार पाँच सय ३९ परिवारलाई ग्यास चुलो वितरण गरिने अध्यक्ष यादवले जानकारी दिए ।
उनले आगामी आर्थिक बर्षमा महिला सशक्तिकरण योजना अन्तर्गत ग्यास सिलिण्डर पनि वितरण गरिने प्रतिवद्धता जनाए ।
ग्यास चुलो पाएपछि खुशी व्यक्त गर्दै स्थानियहरुले अव खाना पकाउनमा समय कम लाग्ने, दाउराको प्रयोग घट्ने र स्वच्छ उर्जाको प्रयोग हुनुका साथै स्वस्थ्य जिवन शैलीको शुरुवात पनि हुने बताए ।
पलिकाको सानो सहयोगले महिलाको अवस्थामा सुधार आउनुका साथै धुवाँ मुक्त समाज बनाउनमा ठुलो सहयोग पुगेको स्थानिय अनिता देवी साहको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ