News Category 2082/03/17
बसको ठक्करबाट बालकको ज्यान गएको बिरोधमा स्थानीयद्वारा सडक अवरुद्ध
दैनिक समाचारदाता
राजविराज, १७ असार ।
पूर्व–पश्चिम राजमार्ग अन्तरगत सप्तरीको कंचनरुप नगरपालिका वडा नं. २ स्थित महदेवपट्टी नजिकै यात्रुबाहक बसको ठक्करबाट एक बालकको ज्यान गएको छ ।
बिरगंजबाट विराटनगरतर्फ गइरहेको को.१ख. ५४३८ नम्बरको यात्रुबाहक बसले सडक पार गर्दै गरेका सोही वडा निवासी रोजित शेखका ८ वर्षीय छोरा आयन शेखलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनाको जानकारी पाएपछी इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेको कमान्डमा १५ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
दुर्घटनापछि बस र बस चालक सुनसरी, इटहरी उपमहानगरपालिका ५ का ४५ वर्षीय मनोरथ पोखरेललाई इलाका प्रहरी कार्यालय भारदहले नियन्त्रणमा लिएको छ ।
दुर्घटना पशचात् आक्रोसित भएका स्थानीयले दिउँसो करिब २ः१५ बजेदेखि टायर बालेर राजमार्ग अवरुद्ध गरेका थिए । प्रहरीले घटनास्थलमा पुगेर स्थानीयलाई सम्झाइबुझाइ गरि करिब साढे चार घण्टा पछी बाटो संचालनमा ल्याएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ