News Category 2082/03/22
सकियो मेयरकप ब्याडमिन्टन
दैनिक समाचारदाता
राजविराज, २२ असार ।
राजविराजमा संचालित मेयरकप ब्याटमिन्टम प्रयतियोगित आईतवार सम्पन्न भएको छ ।
सप्तरी युथ नेपालको आयोजना तथा राजविराज नगरपालिकाको सहयोगमा उक्त प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगिताको समूह ‘ए’ तथा ‘बी’ तर्फ क्रमशः हिरानन्द झा–उमेश गुप्ता र कर्ण बहादुर लिम्बु–महाकान्त चौधरीको जोडिले उपाधी हात पार्न सफल भएका छन् ।
राजविराज नगरपालिका–९ स्थित कभर्डहलमा आयोजित दुई दिने प्रतियोगिता समूह ‘ए’ तर्फ २४ जोडि र समूह ‘बी’ तर्फ २१ जोडिको सहभागिता रहेको थियो ।
समूह ‘ए’ अन्तर्गतको फाइनल खेलमा हिरानन्द झा र उमेश गुप्ताको जोडिले दीपक गुप्ता र बुद्ध सागर चौधरीको जोडिलाई सोझो सेटमा २१–११ र २१–१९ अंकको अन्तरले पराजित गर्दै उपाधि जितेका छन् ।
त्यस्तै, समूह ‘बी’ तर्फको फाइनल खेलमा कर्ण बहादुर लिम्बु र महाकान्त चौधरीको जोडिले सुनिल परियार र सत्यनारायण चौधरीलाई सोझो सेटमा २५–२३ र २१–१२ अंकको अन्तरले जित हात पार्दै च्याम्पियन बने ।
दुवै समूहमा तेस्रो स्थान दुई÷दुई जोडिलाई प्रदान गरिएको थियो । समूह ‘ए’ मा उदयबीर नेपाली–रामकुमार देव र दिनेश यादव– पदम बुढाथोकीको जोडिले तेस्रो स्थान हात पारे भने समूह ‘बी’ मा सरोज तामाङ–नवीन चौधरी र रुद्र खड्का–अजय चौधरी तेस्रो स्थानमा रहे ।
प्रतियोगितामा प्रथम हुने खेलाडीलाई रु. २० हजार द्वितीय हुनेलाई १० हजार तथा तृतीय हुने खेलाडीलाई नगद पाँच हजार सहित ट्रफी र र प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रतियोगिता समाप्ति पछी आयोजित पुरस्कार वितरण समाहरोमा प्रमुख अतिथी राजविराज नगरपालिकाकी कार्यवाहक नगरप्र ईसरत परवीन, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, न्यायाधीश दीपक दाहाल, सप्तरी युथ नेपालका अध्यक्ष मोहन यादव, वडा अध्यक्ष अरुण यादव, र जयनारायण मण्डल लगायतले बिजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ