News Category 2082/03/22
सैनिक जनशक्ति फिर्ता जाने भएपछि स्थानीय उत्रे आन्दोलनमा

दैनिक समाचारदाता
राजविराज, २२ असार ।
वर्षाै देखी संचालनमा रहेको सप्तरीको खडक नगरपालिका कल्याणपुर स्थित सर्पदंश उपचार केन्द्रबाट सेनाको जनशक्ति फिर्ता लैजाने चर्चा चलेपछि स्थानीय आन्दोलित भएका छन ।
नेपाली सेनाको बरख गण भलुवाही ब्यारेक राजविराजले सेनाको अपरेशनल आवश्यकताका लागि भन्दै सर्पदंश उपचार केन्द्रमा खटिएका सैनिक जनशक्तिलाई असार मसान्तभित्र फिर्ता हुन निर्देशन दिएपछी स्थानीय आन्दोलनमा उत्रेका हुन ।
सेनाको बरख गणले २०८२ जेठ २० गते सर्पदंश उपचार केन्द्र सञ्चालन तथा व्यवस्थापन समिति कल्याणपुरलाई पठाए पछी स्थानीय लामो समय देखी संचालनमा रहेको सर्पदंश उपचार केन्द्र बन्द हुने दाबी गर्दै आन्दोलन चर्काउने चेतावनी दिएका छन । गणद्वारा पठाइएको पत्रमा भनिएको छ,‘‘ सर्पदंश उपचार केन्द्रमा तैनाथ रहेका गणका फौजहरु नेपाली सेनाको अपरेशनल आवश्यकताका कारण मिति २०८२ असार मसान्तभित्र गण हेड क्वाटर भलुवाही ब्यारेक राजविराज फिर्ता गर्ने निर्णय भएको हुदाँ फौज फिर्ता पश्चात उक्त सर्पदंश उपचार केन्द्रमा यस गणको मेडिकल जनशक्ति (२ वा ३) सोही स्थानमा रही उपचार सेवालाई निरन्तरता दिने योजना रहेको हुदाँ त्यस समिति मार्फत उक्त केन्द्र सञ्चालन तथा व्यवस्थापनको लागि आवश्यक थप जनशक्ति खटाई दिने व्यवस्थाको लागि अनुरोध गरिन्छ ।” उक्त पत्राचार पछी संशकित बनेका स्थानीयहरु आन्दोलन सुरु गरेका हुन् ।
सैनिक जनशक्तिलाई फिर्ता बोलाएर सर्पदंश उपचार केन्द्र बन्द गराउन वा अन्यत्र नै सार्न लागेको भन्दै स्थानीयहरुले आईतवार विहान केहीबेर पुर्वपश्चिम राजमार्ग अन्तर्गत कल्याणपुरमा चक्काजाम समेत गरेका छन् ।
सर्पदंशका बिरामीहरुको उपचारका लागि जिल्लामा रहेको एकमात्र सर्पदंश उपचार केन्द्रबाट सैनिक जनशक्ति फिर्ता बोलाएर उपचार केन्द्र नै अन्यत्र सार्न लागेकोले आफुहरु आन्दोलनमा उत्रिएको खडक नगरपालिकाका स्थानीय धु्रव चौधरीले बताएका छन ।
जिल्लाकै यो एक मात्र सर्पदंश उपचार केन्द्र हो, जहाँ सर्पदंशका थुपै्र बिरामीहरुले उपचार पाईरहेका छन”,उनले भने,‘‘ तर त्यहाँ खटिएका सैनिक जनशिक्तहरुलाई फिर्ता बोलाईएको छ, सैनिकहरु फिर्ता भयो भने कुनै पनि बेला त्यहाँका मेडिकल टिम फिर्ता जान सक्छ, र सर्पदंश उपचार केन्द्र बन्द हुन सक्छ ।
गर्मी बढेसँगै सर्पदंशका घटनाहरु बढिरहेका बेला जिल्लामा थप सर्पदंश उपचार केन्द्र स्थापना गर्नुपर्नेमा सञ्चालनमा रहेको एकमात्र सर्पदंश उपचार केन्द्रलाई पनि अन्यत्र सार्ने नियतबाट सैनिक जनशक्ति फिर्ता लैजाने निर्णय भएको स्थानीयको आरोप छ ।
२०७६ सालमा स्थापना भएको सो सर्पदंश उपचार केन्द्रबाट हालसम्म दुई हजार भन्दा बढी सर्पदंशका बिरामीहरुले उपचार पाएको सर्पदंश उपचार केन्द्र कञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष मो. उस्मानले बताएका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/03/22 सैनिक जनशक्ति फिर्ता जाने भएपछि स्थानीय उत्रे आन्दोलनमा
- 2082/03/22 सकियो मेयरकप ब्याडमिन्टन
- 2082/03/22 सडक मै ढाट तेर्साएर चक्काजाम
- 2082/03/19 एमाले सप्तरीमा निकै असन्तुष्टि, मन्त्रीले ल्याएको विकास योजनामा आफ्नै नेताहरुबाट बिरोध
- 2082/03/19 एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सुरुङ्गा नगरपालिकाद्वारा नगदसहित पुरस्कृत
- 2082/03/19 लाखौं मुल्य बराबरको भन्सार छलेका सामानहरु बरामद
- 2082/03/18 भ्रामक समाचार हाल्नेविरुद्ध कानुन अनुसार अघि बढ्ने ः पत्रकार महासंघ सप्तरी
- 2082/03/18 अस्पतालभित्रै महिलामाथि बलात्कारको प्रयास गर्ने पक्राउ
- 2082/03/17 बसको ठक्करबाट बालकको ज्यान गएको बिरोधमा स्थानीयद्वारा सडक अवरुद्ध
- 2082/03/17 आधारभूत पत्रकारिता तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ