News Category 2082/03/30
राजदेवी रोयल्स र तिरहुत टाइगर्स सेमिफाइनलमा प्रवेश

दैनिक समाचारदाता
राजविराज, ३० असार ।
राजविराजमा संचालित ७औं सिजनको सप्तरी प्राइड लिग चरणको खेलबाट राजदेवी रोयल्स र तिरहुत टाइगर्स सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार सम्पन्न खेलमा समुह ’ए’ बाट राजविराज राजदेवी रोयल्स र समुह ’बि’ बाट डिफेन्डिङ च्याम्पियन समेत रहेको तिरहुत टाइगर्स सेमीफाइनल प्रवेश गरेका हुन् ।
राजविराज राजदेवी रोयल्स र राजगढ वारियर्स बीचको पहिलो खेल वर्षाका कारण नतिजाविहिन रहँदा दोश्रो खेलमा तिरहुत टाइगर्सले रुपनी राइडर्सलाई पराजित गरेको छ । नतिजा नआउदा राजविराज राजदेवी रोयल्स र राजगढ वारियर्सले १÷१ अंक बाँडेका हुन् ।
पवि स्कुल मैदानमा टस हारेर ब्याटिंग गरेको राजबिराज राजदेवी रोयलले १४. १ ओभरमा ४ विकेट गुमाएर १५० रन बनाएको थियो । त्यसपछि लगातार वर्षा हुँदा खेल नतिजाविहिन टुंगिएको हो ।
राजविराज राजदेवी रोयल्सको लागि ओपनर रोहन बिकले सर्वाधिक ५१ रन बनाए जुन क्रममा उनले आक्रामक ब्याटिंग गर्दै २४ बलमा ४ चौका र ४ छक्का प्रहार गरे। बसन्त यादवले अविजित २८, दिवान पुनले २०, अभिषेक तिवारीले अविजित १५ तथा प्रविन यादवले १४ रन बनाए ।
राजगढ वारियर्सको बलिंगमा रोशन यादवले सर्वाधिक ३ विकेट लिएका थिए जुन क्रममा उनले ३ ओभरमा २९ रन खर्चिए । बिकी पासवानले १ विकेट लिए ।
सोमबारको दोश्रो खेलमा तिरहुट टाइगर्सले रुपनी राइडर्सलाई १० विकेटले पराजित गर्यो ।
वर्षाका कारण १२ ओभरमा घटाइएको खेलमा टस जितेर ब्याटिंग गरेको रुपनी राइडर्सले ९.४ ओभरमा ५८ रन मात्र बनाउन सकेको थियो । ५९ रनको सामान्य लक्ष्य तिरहुट टाइगर्सले विकेट नगुमाई भेटायो ।
टाइगर्सका ओपनर अविनाश कर्णले अविजित ३९ रन बनाए जुन क्रममा उनले २३ बलमा ५ चौका र २ छक्का प्रहार गरे। अर्का ओपनर भोला शाह ११ रनमा अविजित रहेतयस् ।
यस अघि पहिलो इनिंग्समा तिरहुट टाइगर्सका बलर चित्र बहादुर बिस्ट एक्लैले ५ विकेट लिंदै राइडर्सलाई सस्तोमै समेट्न अहम भूमिका निभाए ।
प्लेयर अफ द म्याच बिस्टले ३ ओभरमा १२ रन खर्चेर माथिल्लो क्रम ध्वस्त पारे । यस्तै अजय यादवले ३ विकेट लिए जुन क्रममा २.४ ओभरमा १० रन खर्चिए । अनिल यादवले १ विकेट लिए ।
राइडर्सको ब्याटिंगमा बिकी चौधरीले १५ तथा बिशाल पटेलले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
उक्त अवसरमा प्लेयर अफ दि म्याच चित्र बहादुर बिष्ट तथा गेम चेन्जर अजय यादबलाई राजबिराज नगरपालिका वडा ६ का वडा अध्यक्ष शशी चौधरी र नगर कार्यपालिका सदस्य सोनी रजकले कप, नगद पुरस्कार प्रदान गरेका थिए ।
सोमबारको खेल पछि अंकतालिकाको समुह ’ए’ मा ३ खेलमा ५ अंकसहित राजविराज राजदेवी रोयल शिर्ष स्थानमा छ जसले सेमोफाइनलमा स्थान समत पक्का गरेको छ। समुह ’ए’ को दोश्रो स्थानमा ३ खेलमा ३ अंक सहित राजगढ वारियर्स छ ।
समान २ खेल खेलेको कन्चनरुप राइनोज र हनुमाननगर हिरोज क्रमशः २ र ० अंक सहित तेश्रो र चौंथो स्थानमा छ ।
हनुमान नगरको दोश्रो चरण पुग्ने सम्भावना समाप्त हुँदा राइनोजले भने अन्तिम खेलमा जित दर्ता गरे अर्को चरण पुग्नेछ ।
यस्तै समुह ’बि’ अन्तर्गत तिरहुट टाइगर्स ३ खेलमा ६ अंक सहित समुहको शिर्ष स्थानमा रहेर सेमीफाइनलमा स्थान पक्का गरेको छ । रुपनी राइडर्स भने तिन वटै खेलमा पराजित हुँदै पहिलो चरणबाट बाहिर भएको छ ।
रोयल च्यालेन्जर्स बाह्री वीरपुर र खडक वारियर्सको समान २ अंक छ । वीरपुर र वारियर्स बीच भोलि हुने खेलमा विजयी हुने टिम सेमीफाइनल प्रवेश गर्नेछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ