News Category 2082/03/30
उपचार खर्च माग्दै पीडित परिवार तथा आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
दैनिक समाचारदाता
राजविराज, ३० असार ।
उपचार खर्च माग्दै पीडित परिवार तथा आफन्तजनले सोमबार राजविराज नगरपालिकाको मुल गेटमा ताला लगाउँदै अनिश्चितकालिन धर्नामा बसेका छन् ।
सप्तरीको बोदेवरसाइन नगरपालिका १ का १६ वर्षीय राजेशकुमार यादवको उपचार खर्च माग गर्दै पीडित परिवार तथा आफन्तहरूले नगरपालिकाको मुल गेटमा ताला लगाएका हुन् ।
तालाबन्दीका कारण राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविनसहितका कर्मचारी तथा जनप्रतिनिधि समेत कार्यालयमै थुनिएका छन् ।
गत वर्ष माघ १ गते राजविराज नगरपालिकाको गाडीको ठक्करबाट घाइते यादवको उपचार खर्च माग गर्दै पीडित परिवार तथा आफन्तहरू नगरपालिकाको मूल गेटमा तालाबन्दी गरी धर्ना बसेका छन् । उनीहरुले नगरपालिका परिसरमै खाना खाने व्यवस्था मिलाएर अनिश्चितकालिन धर्नामा बसेका छन् ।
नगरपालिकामा पटक–पटक धर्ना कार्यक्रमका साथै शान्तिपुर्ण आन्दोलन गर्दा पनि कार्यबाहक नगरप्रमुखले घाइतेको उपचार खर्च मिलाउन आश्वासन मात्र दिएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको पीडित परिवारको भनाइ छ ।
घटनाको भएको ६ महिना बित्नै लाग्दा पनि नगरपालिकाले उपचार खर्च उपलब्ध गराउँन नसक्दा छोरा अस्पतालमै बन्धक भएको पीडितका बुवा रघुनाथ यादवले बताए । उपचार खर्च अस्पताललाई बुझाउन नसक्दा छोरालाई घर ल्याउन नसकेको उनले दुःखेसो सुनाए ।
२०८१ माघ १ गते हुलाकी सडकखण्ड अन्तर्गत सप्तरीको बोदेबसराइन नगरपालिका ५ मा राजविराज नगरपालिकाको गाडीको ठक्करबाट बोदेबसराइन नगरपालिका १ का राजेशसँगै अर्का २२ वर्षीय अजितकुमार यादव घाइते भएका थिए ।
अजितको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार गरी घर फर्किए पनि राजेशको विराट नर्सिङ होम विराटनगरमा उपचार भइरहेको राजेशका ठूलोबुवा बैधनाथ यादवले बताए । झण्डै तीन महिना आइसियूमा राखी उपचार गराइएको भतिजाको ९२ दिनपछि होस आएको उनले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ