News Category 2082/03/31
भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार
दैनिक समाचारदाता
राजविराज, ३१ असार ।
भारतको गुजरात राज्यमा यातना भोगिरहेका पाँच जना नेपाली मजदुरको उद्धार गरि परिवारको जिम्मा लगाइएको छ ।
सप्तरीको तिरहुत गाउँपालिका ४ र हनुमाननगर कंकालिनी नगरपालिका ८ का गरि पाँच जना मजदुरीको सिलसिलामा गुजरातको बनासकांठा जिल्लास्थित जोहरापुरा गाउँमा रहेको रामदेव कोल्ड स्टोरमा काम गर्न गएका थिए ।
ठेकेदारले कुटपिट गर्नुका साथै मानसिक र शारीरिक यातना दिने गरेको मजदुरहरूको आरोप छ । उक्त घटनामा इञ्जिनियर तथा साइबर सुरक्षा विश्लेषक कुमार अभिनवको सक्रिय पहल र समन्वयमा भारतको गुजरातबाट सफल उद्धार गरिएको तिरहुत गाउँपालिका अध्यक्ष बिजय यादवले जानकारी दिए ।
इञ्जिनियर अभिनवले विगत ८ वर्षदेखि साइबर सुरक्षा, मानवअधिकार संरक्षण र नीति अनुसन्धानको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउँदै आएका छन् । उनकै पहलमा मजदुरहरूलाई गाडीमार्फत बस स्टेसनसम्म पु¥याएर भारतीय अधिकारीहरूसँग समन्वय गरी सुरक्षित रूपमा घरसम्म उद्धार गर्न सफल भएको गाउँपालिका अध्यक्ष यादवले बताए ।
तिरहुत गाउँपालिका अध्यक्ष विजय यादवले घटनाको जानकारी समयमै दिएकाले उद्धार प्रक्रिया सहज भएको नेपाल राष्ट्रिय मुसहर संघ सप्तरी अध्यक्ष शिवदेव सदाले बताए ।
उनले भने “आप्mनो छोरा विकी सदा मार्फत मजदुरहरूमाथि भएको दुव्र्यवहारबारे सूचना पाएपछि जिल्ला प्रशासन कार्यालय र प्रहरीमा उजुरी दिएको थिए । पछि कुमार अभिनवको सहयोगमा भारतीय पक्षसँग समन्वय गर्दै उद्धार सम्भव भएको छ ।”
उद्धार गरिएका तिरहुत गाउँपालिका वडा नं. ४ का ६० वर्षीय सकलदेव सदाले तीनपल्ट खाना र रु १६ हजार तलब दिने भनेर सम्झौता गरिएको भए पनि काम गरिरहँदा थाकेको बेला समेत जबरजस्ती काम गराइने र काम गर्न नमानेपछि कुटपिट तथा ज्यान मार्ने धम्की दिने गरिएको सुनाए ।
यस्तै हनुमाननगर कंकालिनी ८ का २८ वर्षीय चन्दन खंग, शैलेन्द्र सदा लगायत अन्य पीडित मजदुरहरूले आफूहरूलाई बिहान ९ बजेदेखि राति २ बजेसम्म काम गराइने, एउटै कोठामा थुनिएर दिसा–पिसाबसमेत त्यही गर्न बाध्य बनाइने गरेको र अमानवीय व्यवहार भोग्नुपरेको बताए ।
उनीहरू वैशाख ५ गते भारतको बिहार अन्तर्गत सुपौल जिल्लाका ठेकेदार राजेश शर्मामार्फत गुजरात गएका थिए । त्यहाँ मजदुरहरू ठेकेदार मोहमद अकबर मियाँ र उनका भाई सकिर मियाँको नियन्त्रणमा रहेकाले उनीहरूलाई निरन्तर यातना दिइएकाले उद्धार गरिएको संयुक्त राजनीतिक दलित संघर्ष समितिका अध्यक्ष भुवनेश्वर साफीले जनाए ।
सफल उद्धार अभियानमा नेपाल राष्ट्रिय मुसहर संघका केन्द्रीय सदस्यहरू गंगाई सदा र बद्री सदा लगायत विभिन्न निकायहरूले समन्वय र सहयोग गरेका थिए । तिरहुत गाउँपालिका अध्यक्ष विजय यादव र जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र कुमार यादवको रोहवरमा परिवारजनको जिम्मा लगाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ