News Category 2071/12/04
बढ्दो महिला हिंसा न्युनिकरणका लागि ३० दलिय गठबन्धन महिला मोर्चाद्वारा ज्ञापन
दैनिक संवाददाता
राजविराज, ३ चैत ।
मुलुकमा बढ्दो महिला हिंसा न्युनिकरणका लागि ३० दलिय गठबन्धन महिला मोर्चाद्वारा मंगलबार सप्तरीका प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र बुझाएको छ ।
३० दलिय गठबन्धन महिला मोर्चाको तर्फबाट अखिल नेपाल महिला संघ क्रान्तिकारी मिथिला राज्य समितिका संयोजक रुबी कर्ण, ३० दलिय गठबन्धन महिला मोर्चाका अध्यक्ष विन्दु यादव, तमलोपाकी केन्द्रिय सदस्य साधना झा, सद्भावना महिला मंचकी अध्यक्ष पुनम यादव, मधेशी जनअधिकार फोरम नेपाल महिला इन्चार्ज सुनिता कुमारी साह, अखिल नेपाल महिला संघ क्रान्तिकारीका जिल्ला सदस्य लक्ष्मी चौधरी, तमलोपाकी उषा कुमारी, रम्भा देवी मिश्र, निर्मला कर्ण, रमिला साह लगायतले प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादव मार्फत प्रधानमन्त्री समक्ष ज्ञापन पत्र पठाएका हुन ।
बुझाएको ज्ञापनपत्रमा मुलुकमा बढिरहेको यौन हिंसाप्रति सरकार संवेदनशिल नभएको भन्दै यी घटनाहरुको छानविन गरि दोषीलाई हदै सम्मको कानुनी कार्बाहीको लागि सरकारसँग माँग गरिएको छ ।
त्यस्तै महिला तथा बालिकालाई बलात्कारका दोषीलाई आजिवन कारावासको सजाय हुनुपर्ने, उसलाई जन्मकैद भनेर २० वर्ष सजाय तोक्दा १० वर्ष मै निस्कने हुनाले अपराधिले आफुले गरेको अपराधको जीवन भर बोध हुने गरी आजिवन जेल साजय हुनुपर्ने तथा यस्तो जघन्य अपराधमा संलग्न जो सुकै दोषीलाई सर्वस्व हरण सहितको जन्म कैदको सजाय हुनुपर्नेमा जोडदार माँग मोर्चाले गरेको छ ।
साथै बुझाईएको ज्ञापन पत्रमा पछिल्लो समयमा मुलुकमा बढीरहेको यौनजन्य हन्साप्रति चाँसो देखाउँदै श्रृखलाबद्ध बालिका तथा महिला बलात्कारको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै महिला र बालिकामाथि बढ्दो यौन हिंसा, बलात्कार, तेजाब प्mयाक्ने जस्ता गम्भिर खालका अपराध हुदाँ हुँदै पनि यसको न्युनिकरणमा राज्य गम्भिर नदेखिएको भन्दै यी यस्ता घटनाको बास्तविकता छानबनि गरी दोषीलाई कडा कार्बाहीको लागि पहल गर्न सरकारलाई आग्रह गरिएको छ ।
त्यस्तै बलात्कार आफैमा जघन्य अपराध हो भन्ने जान्दाजान्दै पनि केही पुरुषले कुकर्मलाई जारी राखेको जनाउँदै घटनाको प्रकृति हेरेर केबल अपराधमा संलग्नलाई दोषी ठहरयाएर मात्रै नहुने हाम्रो समाजिक संरचनाकै विषयमा बहस गर्नु जरुरी रहेको तथा घटना भईसकेपछि अपराधिलाई कार्बाहीको माँग गर्दै गरेको आन्दोलनले मात्रै बलात्कारजन्य घटनामा कमि आउँन नसकिने बताउँदै अगामी दिनहरुमा बलात्कारमा संलग्नलाई कडा भन्दा कडा कार्बाही गर्नुपर्ने जोडदार माँग बुझाईएको ज्ञापन पत्रमार्फत गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ