News Category 2082/04/01
डिफेन्डिङ च्याम्पियन तिरहुत टाइगर्स र राजदेवी रोयल्सबीच फाइनल हुने
दैनिक समाचारदाता
राजविराज, ३२ असार ।
राजविराजमा जारि सातौँ संस्करणको मेयर कप सप्तरी प्राइड लिगको फाइनल खेल डिफेन्डिङ च्याम्पियन तिरहुत टाइगर्स सप्तरी र राजविराज राजदेवी रोयल्सबीच बिहीबार हुने भएको छ ।
निरन्तर वर्षाका कारण बुधबारको दुवै सेमीफाइनल खेल रद्द हुँदा समुह चरणमा दुई समुहका विजेता टिम फाइनल प्रवेश गरेका हुन् ।
राजविराज राजदेवी रोयल्स र खडक वारियर्स बीचको पहिलो सेमीफाइनल तथा तिरहुत टाइगर्स र कन्चनरुप राइनोज बीचको दोश्रो सेमीफाइनल खेल निरन्तर वर्षाका कारण सम्भव हुन नसकेपछी आयोजकले समूह बिजेता टिमलाई फाइनलका लागि छनौट गरेको हो ।
८ टिम सहभागी प्रतियोगिताका टिमहरुलाई दुई समुहमा बिभाजन गरिएको थियो । समुह ’ए’ को विजेताको रुपमा ३ खेलमा ५ अंक सहित राजविराज राजदेवी रोयल्स सेमीफाइनल प्रवेश गरेको थियो ।
यस्तै समुह ’बि’ बाट ३ खेलमा ६ अंक सहित समुह विजेताको रुपमा तिरहुत टाइगर्स सेमीफाइनल प्रवेश गरेको थियो ।
समुह ’ए’ बाट ३ खेलमा ४ अंक बटुल्दै समुह उप–विजेताको रुपमा कन्चनरुप राइनोज तथा समुह ’बि’ बाट ३ खेलमा ४ अंक बटुल्दै समुहको उप–विजेताको रुपमा खडक वारियर्स सेमीफाइनल प्रवेश गरेको हो ।
सप्तरी क्रिकेट संघद्वारा आयोजित प्रतियोगिताको विजेता टिमले २ लाख तथा उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ