News Category 2082/04/01
मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल
दैनिक समाचारदाता
राजविराज, ३२ असार ।
मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयले आ.ब. २०८१÷८२ मा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगति हासिल गरेको छ । प्रदेश सरकार स्थापना भएको ७ वर्षको इतिहासमा मन्त्रालयले पहिलोपटक यो उपलब्धी हासिल गर्न सफल भएको हो ।
मन्त्रालयले चालुतर्फ ५४.३७ प्रतिशत मात्र खर्च गरेको छ । चालु खर्चमा मितव्ययिता अपनाएको र फजुल खर्च नियन्त्रणमा लिएको भन्दै यसलाई सकारात्मक संकेतको रूपमा लिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश सचिव विमल प्रसाद बरालले मन्त्रालय विकासमुखी मन्त्रालय नभएकाले पनि तालिम, गोष्ठी, कार्यशाला जस्ता शीर्षकमा अत्यन्त मितव्ययी ढंगले खर्च गरिएको कारणले पूँजीगत खर्च शतप्रतिशत हुन नसकेको स्पष्ट पारे ।
गृहमन्त्री लेखीले मन्त्रालयको खर्च अनुशासन उदाहरणीय बन्दै चालु खर्चतर्फ अत्यावश्यक शीर्षकबाहेकका खर्चमा पूर्णरूपमा रोक लगाइएकोले खर्च न्यून देखिएको बताए ।
चालु खर्चमा कडाई र पूँजीगत खर्चमा सक्रियता देखाउन सकेका कारण मन्त्रालयको समग्र आर्थिक प्रदर्शन उल्लेखनीय बनेको उनको भनाई छ ।
विकास निर्माणका योजनाहरू कार्यान्वयन गर्ने सम्पूर्ण तयारी भए पनि ‘रातो किताब’मा समेटिएका केही योजनाको निर्माणस्थल र आवश्यक जग्गा यकिन नहुँदा ती योजना अघि बढ्न नसकेको उनले बताए ।
मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले अघिल्ला वर्षहरूमा ४०–४५ प्रतिशतको हाराहारीमा सीमित रहेको पुँजीगत बजेट खर्च यस आर्थिक वर्षमा झण्डै ८३ प्रतिशत पु¥याउन सफल भएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ