News Category 2082/04/01
उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
दैनिक समाचारदाता
राजविराज, ३२ असार ।
उच्च अदालत जनकपुर–राजविराज इजलाशले इतिहासमै पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झार्न सफल भएको छ । अदालतले हालसम्म कै सबभन्दा बढी ७२ दशमलब ७ प्रतिशत मुद्दा समेत फच्र्छौट गर्न सफलता पाएको छ ।
अदालतले बुधबार आयोजना गरेको पत्रकारसँगको साक्षात्कार कार्यक्रममा चालु आ.ब. को अन्तिम दिन वर्षभरीको मुद्दा मामिलामा भएको प्रगति विवरण सार्वजनिक गरेको हो ।
आयोजित कार्यक्रममा रजिष्टार लोकराज पराजुलीद्वारा प्रस्तुत प्रगति विवरणमा १८ महिना पुगेका मुद्दा आर्थिक वर्ष २०८१÷८२ मा पहिलो पटक शुन्यमा झार्न सफल भएको उल्लेख छ ।
यस्तै सोही अवधीमा ५ हजार १ सय ९ मुद्दा (७२ दशमलब ७ प्रतिशत) फच्र्छौट गर्न सफल भएको उल्लेख गरिएको छ । उक्त संख्या हालसम्म कै उच्च र ऐतिहासिक परिणाम भएको मुख्य न्यायाधिश बामदेव ज्ञवालीले जानकारी दिए ।
अदालतले आ.ब. २०७९÷८० मा दर्ता भएका मुद्दा मध्ये ४१ दशमलब ७५ प्रतिशत, आ.ब. २०८०÷८१ मा ५२ दशमलब ४ प्रतिशत तथा आ.ब. २०८१÷८२ मा ७१ दशमलब ९० प्रतिशत मुद्दा फच्र्छौट गरिएको प्रस्तुत प्रतिवेदनले देखाएको छ ।
मुख्य न्यायाधिश ज्ञवालीले “कार्यालय समय भन्दा अतिरिक्त समय दिई सबै खटेपछी यस्तो नतिजा निकाल्न सम्भव भएको हो, उनले भने– भविष्यमा समेत दर्ता भएका भन्दा फच्र्छौटको संख्या दर उच्च बनाउन हामी सबै प्रयत्नशिल रहने छौं ।”
न्यायालय, नागरिक र पत्रकारबीचको सम्बन्धलाई अझ सुमधुर बनाउन आवश्यक सबै पहल गरिने उनको भनाई छ । फैसला लेखन बाँकी रहेका १ हजार ९ सय ८० मुद्दा भदौं महिनाभित्रै फैसला तयार गरिसक्ने रणनीति बनाएको जानकारी दिँदै उनले फैसला लेखन कार्यमा १२ जना शाखा अधिकृत, ७ जना नायब सुब्बा र ५ जना कम्प्युटर अपरेटर परिचालन गरिएको जानकारी समेत दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ