News Category 2082/04/01
भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन

दैनिक समाचारदाता
राजविराज, १ साउन ।
भारोत्तोलन संघ सप्तरीको पुर्नगठन गरिएको छ । जिल्ला खेलकुद विकास समितीको सभाकक्षमा विहीवार सम्पन्न भेलाले पुन्तीलाल यादवको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिती चयन गरेको हो ।
यादव केही दिन अघिमात्र भारोत्तोलनको सहायक प्रशिक्षक पदबाट सेवा निवृत्त भएका हुन । उनी भारोत्तोलनमा दुई पटक अन्तराष्ट्रिय पदक समेत जितिसकेका छन ।
संघका निर्वतमान अध्यक्ष एवं प्रदेश सांसद महेश प्रसाद यादवको अध्यक्षता तथा जिल्ला खेलकुद विकास समितीका कार्यालय प्रमुख दिनेश भुजेलको रोहबरमा सम्पन्न भेलाले उपाध्यक्षमा गोपाल प्रसाद गुप्ता, शान्ति चौधरी सचिव जितेन्द्र प्रसाद गुप्ता र कोषाध्यक्षमा राजेन्द्र प्रसाद यादवको चयन गरेको छ ।
सदस्यहरुमा मनोज यादव, लक्ष्मी दास, सुर्यनारायण दास, हेम नारायण साह, रमेश कुमार सिंह, दिपेन्द्र कुमार यादव सर्वसम्मतले चयन भएका छन ।
यस्तै सल्लाहकार समितीमा प्रदेश साँसद महेश प्रसाद यादव, नेपाल खेलकुद प्रत्रकार मञ्चका अध्यक्ष मनोज कुमार माझी, पत्रकार महासंघका कोषाध्यक्ष नविन कुमार गुप्ता, भारोत्तोलन संघका पुर्व अध्यक्ष सुर्यनाथ यादव, डा. शिव शंकर यादव, डा.बिरेन्द्र यादवको चयन गरीएको संघले जनाएको छ ।
नयाँ कार्य समितीको पहिलो बैठकले साउन ३ गते मधेश प्रदेशको बर्दीवासमा हुने संघको मधेश प्रदेश अधिवेशन तथा साउन १५ गते काठमाण्डौमा हुने संघको पाँच साधारण सभामा जिल्ला अध्यक्ष पुन्तीलाल यादवलाई प्रतिनीधीको रुपमा पठाउने निर्णय गरेको छ ।
भेलालाई सम्बोधन गर्दै पुर्वमन्त्री एवं प्रदेश साँसद समेत रहेका संघका निर्वतमान अध्यक्ष महेश प्रसाद यादवले कार्यब्यस्तताका कारण प्रयाप्त समय दिन नसक्ने भएकाले भेला मार्फत आफुले लामो समय देखी भारोत्तोलन खेलको विकासका लागी योगदान गरेका पुन्तीलाल यादवलाई जिम्मेवारी सुम्पेको भन्दै भारोत्तोलन खेलको विकासका लागी आफ्नो ब्यक्तीगत तथा प्रदेश सकारबाट हुन सक्ने हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ