News Category 2082/04/06
भन्सार छलेर ल्याउँदै गरेको झण्डै डेढ लाख मुल्य बराबरको सामान बरामद
दैनिक समाचारदाता
राजविराज, ६ साउन ।
सप्तरी प्रहरीले जिल्लाको विभिन्न स्थानबाट अवैध रुपमा भारतबाट भन्सार छलेर ल्याउँदै गरेको झण्डै डेढ लाख मुल्य बराबरको सामानहरु बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय भारदह सप्तरीबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा हनुमाननगर कंकालिनी नगरपालिका १ महेन्द्र राजमार्ग स्थित भारतबाट अवैध रुपमा भन्सार छली ल्याउदै गरेको ८३ हजार ७६ मुल्य बराबरको विभिन्न किराना सामानहरु बरामद गरेको हो ।
प्रहरी टोलीलाई दख्ने बित्तिकै बोरा छाडी मानिसहरु फरार भएको तथा उक्त बोरा खोली चेकजाँच गर्दा विभिन्न किसिमका ८३ हजार ७६ रुपैया बराबरको किराना सामानहरु फेला परेको जनाइएको छ ।
यस्तै प्रहरीले जिल्लाको बलान बिहुल गाँउपालिका १ चन्ही चौकस्थित भारतबाट अवैध रुपमा भन्सार छलि ल्याउँदै गरेको ६५ हजार ३ सय मुल्य बराबरको मोटरसाइकलका पार्टहरु बरामद गरेको छ ।
प्रहरी टोलीहरुलाई देख्ना साथ सामानहरु सोही स्थानमा छाडी मानिसहरु फरार भएकोमा वेवारिसे अवस्थामा रहेका उक्त बोरा खोली चेकजाँच गर्दा सो बोरा भित्र विभिन्न कम्पनीका मोटरसाईकलका पार्टसहरु फेला परेको प्रहरीले जनाएको छ ।
दुबै स्थानबाट बरामद किराना तथा मोटरसाईकलका पार्टसहरु प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बुझाईएको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ