News Category 2071/12/04
द ग्रेट सप्तरी, द बेस्ट सप्तरी” नामक अडियो गीतको बिमोचन
दैनिक संवाददाता
राजविराज, ३ चैत ।
सप्तरी क्षेत्र न. ३ का सभासद उमेश कुमार यादवले “द ग्रेट सप्तरी, द बेस्ट सप्तरी” नामक अडियो गीतको बिमोचन गर्नुभएको छ ।
सभासद यादवद्वारा “द ग्रेट सप्तरी, द वेस्ट सप्तरी, ग्रीन राजविराज, क्लीन राजविराज तथा अपन गाम, सुन्दर ठाम” नाराका साथ सप्तरीको समग्र विकासको सम्बन्धमा सोमबार राजविराजमा आयोजित छलफल र अन्तरक्रिया कार्यक्रममा उक्त अडियो गीतको बिमोचन गर्नुभएको हो ।
सोही अवसरमा कार्यक्रमको औचित्य बारे प्रकाश पार्दै सभासद यादवले जनता मन्दिर मस्जिद निमार्णका कुरा, मुद्दा मामिलाका कुरा ब्यक्तिगत कामका कुरा गर्दछन, तर विकासका कुरा गर्दैनन्, भन्ने विचार ब्यक्त गर्नुभयो ।
सभासद् यादवले सप्तरी जिल्ला सांसद, जनप्रतिनिधिहरु विकास निर्माण काममासँगै विचार दिने तर, हुन थालेको कामलाई पछाडिमा विरोध गर्ने कुरा यस जिल्लाले विरासतमा पाएको कुरा उल्लेख गर्नुहुँदै यहाँका सरकारी कार्यालयहरु पारदर्शी नभएको जिकिर गर्नुभयो ।
उहाँले गैरसरकारी संस्थाहरुको कार्यक्रम अनुसार हिड्नुपर्ने र सरसल्लाह पनि नगर्ने जस्ता आरोप लगाउँदै जनता आवास कायक्रम सबै क्षेत्रका सभासदहरुसँग सल्लाह गरेर आवास वितरण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
उहाँले जिल्लाको क्षेत्र नं. १, २ र ३ मा एउटा पनि आवास कार्यक्रम दिन विपक्षि दलहरुलाई जानकारी गराउँदा गराउँदै पनि उनीहरुले त्यसप्रति वास्ता नगरेको आरोप लगाउनु भयो ।
जिल्ला विकासका लागि संसद र सिंहदरबारमा कसरी बोल्ने र लड्न कठिन भईरहेको जानकारी दिँदै नुन, तेल ल्याउँने जनतालाई बोर्डरमा सशस्त्र प्रहरीद्वारा टर्चर समेत भइरहेको आरोप लगाउनुभयो ।
सोही कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादव, नगरपालिकाका कार्यकारी अधिकृत विष्णु प्रसाद गुरुङ्ग, स्थानिय विकास अधिकारी कोमल प्रसाद धमला, ई.इन्द्र नारायण देव, गैसस महासंघका अध्यक्ष श्यामकान्त चौधरी, बरिष्ठ पत्रकारद्वय अनिल कुमार अनल, शिबहरी प्रसाद भटराई, पुर्व प्रअ मिना ठाकुर, सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुण प्रधान, प्रेस काउन्सिलका सदस्य मुरली प्रसाद यादव, भोगनी खाँ, नागरिक संजालका अध्यक्ष सुखराम यादव, शिब नारायण साह, रामकृष्ण दास, पूर्व प्रअ बिजयानन्द झा, नेपाल पत्रकार महासंघका अध्यक्ष प्रकाश खतिवडा, अधिबक्ता पुण्य प्रसाद यादव, मनोज मुन्धडा, विजयानन्द झा, नुरुल होदा अन्सारी, नन्दलाल साह, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख विजय कुमार झा, जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा.काशीनाथ यादव, जिल्ला शिक्षा अधिकारी लक्ष्मी प्रसाद भटराई, जिल्ला कृषि विकास कार्यालयका रोशन मेहता लगायतका बक्ताहरुले सप्तरीको समग्र विकासबारे आफ्नो सुझाव तथा चर्चा गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ