News Category 2082/04/06
परीक्षाको केन्द्र लहान सारिएकोमा विद्यार्थीद्वारा बिरोध प्रदर्शन

दैनिक समाचारदाता
राजविराज, ६ साउन ।
महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजबाट विभिन्न परीक्षाको केन्द्र लहानस्थित जेएस मुरारका क्याम्पसमा सारिएको बिरोधमा मंगलबार स्वावियुको नेतृत्वमा सडक आन्दोलन गरिएको छ ।
बदनियतपुर्ण तरिकाले महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस (मविव) राजविराजको परीक्षा केन्द्र सिरहाको लहानमा सारिएको विरोधमा विद्यार्थीहरू चर्को नारावाजी गर्दै आन्दोलनमा उत्रिएका छन् । उनीहरुले क्याम्पस हाताभित्र टायर बालेर प्रदर्शन गरेका छन् ।
शुरुवातमा विज्ञान संकायको परीक्षा केन्द्र लहान सारिएपछि असन्तुष्ट बनेका विद्यार्थीहरूले क्याम्पस प्रशासनमा तालाबन्दी गर्दै विरोध जनाएका थिए । तर त्यसको केही समय नबित्दै एलएलबी र व्यवस्थापन संकायको समेत परीक्षा केन्द्र लहान सारिएपछि विद्यार्थीहरू झनै आक्रोशित बनेका छन् ।
स्ववियु सभापति रन्जित कुमार यादवले ‘त्रिवि आंगिक क्याम्पसको सेन्टर निजी क्याम्पसमा दिनु गलत भएको बताउँदै परीक्षा केन्द्र सिरहाको लहानमा सारिएको विरोधमा सडक आन्दोलनमा उत्रिएको बताए ।
सभापति यादवले सप्तरी र सिरहाको मात्र परीक्षा केन्द्र सार्नुमा त्रिवि कार्यालयको बदनियत रहेको आरोप समेत लगाए ।
यता विद्यार्थीहरूले त्रिभुवन विश्वविद्यालय र सम्बन्धित निकायहरूसँग तत्काल निर्णय फिर्ता लिन माग गर्दै परीक्षा केन्द्र पुनः मविव क्याम्पसमै कायम नगरे आन्दोलन कायमै राख्ने र समाधान नखोजिए थप कडा आन्दोलन गर्ने चेतावनी समेत दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ