News Category 2082/04/09
नेपालले महिलाहरुलाई सहभागिता गराउने तथा सशक्तिकरण गर्ने सवालमा चाडै सफलता पाएको छ ः मन्त्री साह
दैनिक समाचारदाता
काठमाडौं, ९ साउन ।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवलकिशोर साहले महिला सहभागिताको विषयलाई लैङ्गिक समानताको रुपका साथै परिवर्तनको प्रत्याभूतीका दृष्टिकोणले समेत महत्व दिनु आवश्यक रहेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विश्वका अन्य कैयौं मुलुकको दाजोमा नेपालले महिलाहरुलाई सहभागिता गराउने तथा सशक्तिकरण गर्ने सवालमा चाडै सफलता पाएको उल्लेख गरे ।
अहिले अधिकार र सबलीकरणको क्षेत्रमा क्रियाशिल महिलाहरुको संख्या निकै बढीरहेकोमा खुशी व्यक्त गर्दैै उनले लैङ्गिक विभेद, महिला हिंसामा न्युनिकरणका साथ साथै राज्यका हरेका अंगमा महिलाहरुको नेतृत्व स्थापित गर्नेमा सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।
आफू नेतृत्वको मन्त्रालयले झण्डै ७० प्रतिशत महिलालाई हेर्नु पर्ने जिम्मेवारी रहेपनि कुल बजेटको १ प्रतिशत भन्दा कम बजेटको भरमा काम गरिरहनु परेको उनले उल्लेख गरे । यसका लागि अन्य मन्त्रालयहरुसँग समेत समन्वयका साथ अघि बढ्न सके काममा अझै उपलब्धी प्राप्त हुने र यसका लागि पनि आफू प्रयासरत रहेको उनले बताए ।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयकी सचिव लक्ष्मी कुमारी बस्नेतको अध्यक्षतामा आयोजित कार्यक्रममा मन्त्रालयकी सहसचिव आभाश्रेष्ठ कर्णले कार्यक्रमको उद्देश्य बारे प्रकाश पारेकी थिइन् । कार्यक्रममा विभिन्न मन्त्रालयका सचिव तथा सरोकारवालाहरुले आ–आफ्नो धारणा राखेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ