News Category 2071/12/05
बैध सुपारीलाई अबैध भनि प्रहरीले नियन्त्रणमा लिएको पीडितको आरोप
दैनिक संवाददाता
राजविराज, ४ चैत ।
बैध सुपारीलाई सशस्त्र र जनपद प्रहरीले अवैध सुपारी भन्दै जर्वजस्ती नियन्त्रणमा लिएको आरोप लगाइएको छ ।
सप्तरीको छिन्नमस्ता गाविस ५ महुवा टोलस्थित ज्योति किराना पसलमा प्रहरीले जर्वजस्ती छापामारी भ्याट बिल हुदाँ हुँदै पनि चार बोरा सुपारी नियन्त्रणमा लिएको सो पसलका संचालक बिरेन्द्र कुमार यादवले आरोप लगाएका छन ।
पीडितका अनुसार आफुले बिरगंजबाट भ्याट सहित २ सय ४० किलो सुपारी बिक्रिको लागि ल्याईएको तथा सशस्त्र तथा जनपद प्रहरीले जर्वजस्ती पक्राउ गरीएको बताउँनुभयो । आफुसँग सुपारी ल्याईएको भ्याट बिल हुँदा हुँदै पनि प्रहरी प्रशासनले बिना कारण जर्वजस्ती नियन्त्रणमा लिईएको पीडितको भनाई छ ।
पीडितका अनुसार यसरी आफुसँग भ्याट बिल हुदाँ पनि प्रहरीले जर्वजस्ती घरमा छापामारी बैध सुपारीलाई अवैध हो भनि नियन्त्रणमा लिई पुर्वान्चल राजस्व कार्यालय ईटहरी बुझाएको प्रति आक्रोश पोखेका छन । दुई बोरा सुपारी जिल्ला प्रहरी कार्यालय सप्तरीले ईटहरी पठाईएको तथा बाँकी दुई बोरा सुपारी सशस्त्र प्रहरीले राजविराज भन्सार कार्यालय पठाएर दुःख दिईने गरेको दुखेसो पोखेका छन ।
यसैबिच सो सम्बन्धमा सप्तरीका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादवले ज्योति किराना पसलको नाउँमा भ्याट सुर्ति रहेको तथा सुपारीको काम गरिरहेको बताउँदै उक्त सुपारीको भ्याट नरहेको जानकारी दिनहुँदै उहाँले सो कार्यको थप अनुसन्धान राजस्व कार्यालय ईटहरीले गरिरहेको जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ