News Category 2082/04/10
तपेश्वरीमा पहिलो पटक मिनि महोत्सव हुँदै
राजविराज÷पुरानो बजारको विकास, विस्तार तथा प्रचार प्रसार गर्ने उद्देश्यले सप्तरीको अग्नीसाइर कृष्णासवरण गाउँपालिका १ जण्डौलस्थित तपेश्वरी बजार क्षेत्रमा श्रावण ११ गते आइतवारदेखि प्रथम तपेश्वरी मिनि महोत्सव २०८२ सुरु हुने भएको छ ।
महोत्सवका आयोजक फुटबल क्लव जण्डौलले शनिवार पत्रकार सम्मेलनको आयोजना गरी १ भाद्र (२० दिन) सम्म चल्ने महोत्सवको आवश्यक सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।
पत्रकार सम्मेलनमा वडाअध्यक्ष पिताम्बर चौधरीले पुरानो तपेश्वरी बाजारको विकास विस्तार र आर्थिक समृद्धिका लागि महोत्सवको आयोजना गर्न लगिएको बताए । महोत्सवले पर्यटन विकास र पुरानो बाजारमा आर्थिक कारोवार वृद्धिका लागि पनी टेवा पुग्ने विश्वास लिएको जनाए । महोत्सवको उद्घाटन गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले गर्ने तय भएको उनले जानकारी दिए ।
महोत्सवमा व्यापार मेला, कृषि प्रदर्शनी, मनोरन्जनका लागि विभिन्न खेल तमासाका साथै नेपाल तथा भारतका ख्याती प्राप्त कालाकारहरुद्धारा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने पत्रकार सम्मेलनमा महोत्सवका व्यवस्थापक एव विकास इभेन्टका संचालक विकास कुमार साहले जानकारी दिए । महोत्सवमा कृषि उत्पादन, खेलौना, श्रृगार, थारु, मैथिली तथा अन्य विभिन्न जात र समुदायका फुड लगायतका गरी २५ वटा स्टल रहने उनको भनाई छ ।
महोत्सवमा नेपालका चर्चित कलाकार दुर्गेश थापा, प्रिति पासवान, अनु चौधर, अन्जु, कुस्मी, एलिना चौहान, सोनु कुमार, संगीता चौधरी तथा छिमेकी राष्ट्र भारतका माही–मनिषा, नोनिया, मनिष लगायत गरी दुई दर्जन कलाकारद्धारा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने व्यवस्थापक साहले जानकारी दिए ।
महोत्सव श्री ठाकुरजी माध्यमिक विद्यालयको खेल मैदानमा आयोजना हुने र महोत्सव अवधिमा करिब २ लाख आन्तरिक तथा वाह्रय पर्यटकले अवलोकन गर्ने तथा १ करोड रुपैयाँ भन्दा बढीको आर्थिक कारोवार हुने अनुमान गरिएको आयोजक समितिका अध्यक्ष चौधरीले बताए ।
महोत्सवमा आर्थिक खर्च व्यवस्थापन गर्ने विषयलाई ध्यानमा राखी १ सय रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको आयोजक समितिले जनाएका छन् । यस्तै महोत्सव स्थलमा मदिरा विक्री वितरणमा पूर्ण रुपमा रोक लगाइएको आयोजकले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ