News Category 2082/04/10

कम्पनीका मेनेजर १८ दिनदेखि वेपत्ता

दैनिक समाचारदाता

कम्पनीका मेनेजर १८ दिनदेखि वेपत्ता

    राजविराज÷राजविराज ८ स्थित श्याम बाबा राइस एण्ड आयल मिल प्रा.लि.का मेनेजर विगत १८ दिनदेखी वेपत्ता भएका छन् । 
    चिया खाएर आउँछु भनि काम गर्ने कम्पनीबाट निस्केका सप्तरीको खडक नगरपालिका ३ घर भएका ५८ वर्षिय उपेन्द्र कुमार भगत वेपत्ता भएका हुन् । उनी विगत २० वर्ष देखि उक्त कम्पनीमा काम गर्दे आएका थिए ।
    शनिवार कम्पनीका संचालक समेत रहेका उद्योग वाणिज्य संघ सप्तरीका अध्यक्ष लालु प्रसाद अग्रवालले भगतको हुलिया विवरण सहित प्रहरीमा निवेदन दिदै खोजतलाशमा सहयोग गरिदिन अपिल गरेका छन् । 
    अग्रवालका अनुसार भगत असार २५ गते बिहान ७ बजेतिर कम्पनीबाट निस्केका थिए । त्यति बेला कम्पनीमा रहेका कर्मचारी वैद्यनाथ दासलाई “चिया खाएर आउँछु” भन्दै उनी हिडेको संचालक अग्रवालको भनाई छ ।
    भगतले प्रयोग गर्ने कम्पनीको ९८०१६२३४५७ नम्बरको मोवाइल चार्जमा लगाएर अर्का कर्मचारी वैद्यनाथ दासलाई चिया खाएर एकै छिनमा आउँछु भनी निस्केका थिए । संचालक अग्रवालले अबेर राती सम्म पनि नफर्केपछि आफन्त, चिनजानका सबै र नेपाल तथा भारतमा रहेका इष्टमित्र सबैमा जानकारी गराएर खोजतलास गर्दा पनि हालसम्म फेला पर्न नसकेको बताए । 
    प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार बस्नेतले सम्पर्क बिहिन अवस्थामा रहेका भगतको सबै प्रहरी कार्यालयमा हुलिया विवरण सर्कुलर गराई खोजी कार्य शुरु गरिएको जनाएका छन् । 
 

प्रतिकृया दिनुहोस