News Category 2082/04/11
चोरी पैठारीका ७४ कार्टुन मदिरा र २८ बोरा कुरमुरे भन्सार बुझाइयो
दैनिक समाचारदाता
राजविराज, ११ साउन ।
चोरी निकासी गरि नेपालबाट भारततर्फ लैजादै गरेको ७४ कार्टुन मदिरा र भारतबाट नेपालतर्फ ल्याउँदै गरेको २८ बोरा कुरमुरे सप्तरी प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार जिल्लाको डाक्नेश्वरी नगरपालिका ४ कुशहा टोल सडक खण्डबाट चोरी निकासी गरि भारततर्फ लाँदै गरेको मामाश्री र दिलवाले नामक उक्त मदिरा नियन्त्रणमा लिएको हो ।
प्रहरी गस्ती टोलीलाई देखेपछी टाउकोमा बोरा बोकेर भारततर्फ जाँदै गरेका तस्करहरुले बोरा छाडेर भागेपछी चेकजाँच गर्दा बोरा भित्र ७४ कार्टुन मदिरा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
त्यस्तै डाक्नेश्वरी नगरपालिका ९ स्थित भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको २८ बोरा कुरमुरे प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले दुबै स्थानबाट नियन्त्रणमा लिएको ७४ हजार बराबरको ७४ कार्टुन मदिरा र तीनवटा साइकलमा लोड गरि ल्याएको ३२ हजार ५ सय मुल्य बराबरको कुरमुरेसहित साईकल आइतबार भन्सार कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक उदय कुमार राईले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ