News Category 2082/04/11
मधुश्राबणीको अवसरमा महिला परिषदले गरे कार्यक्रम

सतीश कुमार
राजविराज, ११ साउन ।
सप्तरीमा कार्यरत मैथिल महिला परिषद्ले मैथिल नारीहरुको ठूलै मानिने पर्व “मधुश्राबणी” को अवसरमा एक भव्य कार्यक्रम आयोजना गरेको छ ।
सप्तरीको राजविराज २ स्थित “मैथिली भवन” मा मधुश्राबणी समागम नामको कार्यक्रम महिला परिषदद्वारा आयोजन गरिएको हो ।
महिला परिषदले मधुश्राबणीको अवसरमा मैथिल महिला परिषद्की पूर्व अध्यक्ष साधना झाको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजन गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि झाले आधुनिकताको यस दौरमा मैथिल समाजले आफ्नो परम्परागत पर्वहरुमा पनि आधुनिकता देखाउन लागेकोले सो गर्न नहुने र आफ्नो परम्परा र संस्कृतिको संरक्षण गर्न अगाडी सर्नु पर्नेमा जोड दिएकी थिइन ।
कार्यक्रममा स्थानीय म.वि.व.क्याम्पसकी प्राध्यापिका वन्दना मिश्रले मधुश्राबणीको ऐतिहासिकता र यसको सामाजिक महत्व बिषयमा कार्यपत्र प्रस्तुत गरेकी थिइन भने उनको कार्यपत्रमा पूर्व शिक्षिकाद्वय मञ्जु श्रेष्ठ र शान्ति झाले टिप्पणी गरेकी थिइन ।
महिला परिषदकी अध्यक्ष मालती चौधरीको अध्यक्षतामा आयोजन भएको कार्यक्रममा मैथिली साहित्य परिषदका उपाध्यक्ष राजकुमार लाल दास, सुधा दत्त, कंचन झा, किरण झा र निकहत परविन लगायतका मैथिली अभियानीले आफ्नो मन्तव व्यक्त गरेकी थिइन ।
उक्त अवसरमा मधुश्राबणीको पर्वमा भनिने “बिनी” को बिषयमा प्रतियोगिता पनि आयोजन गरिएको थियो जसमा नयाँ÷पुराना वयसकी मैथिल महिलाहरुले सहभागिता जनाएका थिए । सो प्रतियोगितामा उर्मिला देव प्रथम, निरोत्तमा झा द्वितीय, शिलम झा तृतिय र कल्पना झाले सान्त्वना पुरस्कार प्राप्त गरेकी थिइन ।
महिला परिषदको संयोजनमा बरिष्ठ पत्रकार प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झाले आफ्नो पारिवारिक सदस्य उर्मिला देवीको स्मृतिमा प्रत्येक बर्ष मैथिलीको लोक गायिकालाई दिने “उर्मिला देवी झा लोक सांस्कृतिक पुरस्कार” यस बर्ष राजविराज १६ की रुपा देवी देवलाई प्रदान गरिएको छ ।
महिला परिषदकी सचिव रिता देवद्वारा सञ्चालित यस कार्यक्रममा महिला परिषदकी पूर्व अध्यक्षा शान्ति झालाई वर्तमान अध्यक्ष मालती चौधरीले माला र साल लगाई सम्मान गरेकी थिइन ।
मिथिला क्षेत्रमा खास गरी ब्राह्मण, कायस्थ र वैश्य जातिका नवविवाहित महिलाहरुले करिब १५ दिन सम्म यो पर्व मनाउने गरेकी छिन । प्रत्येक बर्ष श्राबण कृष्ण पञ्चमीबाट शुरु हुने यो पर्व यस बर्ष श्राबण शुक्ल तृतिया सम्म हुने मैथिल महिला परिषदकी पूर्व अध्यक्ष शान्ति झा बताउछिन् । सामान्यतया बर्ष भरिमा अषाढ महिनासम्म विवाह हुने मिथिलानीहरुले श्राबण महिनामा माइती मै बसेर मधुश्राबणी पर्व मनाउने गरेको पूर्व अध्यक्षा झा बताउछन् ।
कार्यक्रममा नयाँ पर्व पूज्ने ५ जना नवविवाहितालाई बिशेष सम्मान गरिएको थियो भने सहभागी सबै मलिाहरुलाई सौभाग्यको प्रतिक चूड़ा, सिन्दुर र बिन्दी बाँडिएको परिषदकी उपाध्यक्ष प्रतिमा देवले बताइन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/11 पानीको समस्या समाधान गर्न प्रजिअद्वारा स्थलगत निरिक्षणका साथै निर्देशन
- 2082/04/11 कृषि विश्वविद्यालयमा तालाबन्दी
- 2082/04/11 स्व. सिंहको योगदान बारे चर्चा गर्दै सम्झाना
- 2082/04/11 मधुश्राबणीको अवसरमा महिला परिषदले गरे कार्यक्रम
- 2082/04/11 ३१औं “प्रकाश मानव अधिकार पुरस्कार” सुनिलकुमार यादवलाई
- 2082/04/11 चोरी पैठारीका ७४ कार्टुन मदिरा र २८ बोरा कुरमुरे भन्सार बुझाइयो
- 2082/04/11 आदिवासी जनजाती समुदायको परम्परागत खाद्य पहिचान गर्दै अर्थ ब्यवस्था सुदृढ गर्नु पर्छ ः मन्त्री लेखी
- 2082/04/10 करेन्ट लागेर खंग दम्पत्तिसहित एकै दिन तीन जनाको मृत्यु
- 2082/04/10 कम्पनीका मेनेजर १८ दिनदेखि वेपत्ता
- 2082/04/10 तपेश्वरीमा पहिलो पटक मिनि महोत्सव हुँदै
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ