News Category 2082/04/11
स्व. सिंहको योगदान बारे चर्चा गर्दै सम्झाना
दैनिक समाचारदाता
राजविराज, ११ साउन ।
समाजसेवी एवं शान्तिकामी स्व. डा. नागेश्वर प्रसाद सिंहको १५औं स्मृति दिवसको अवसरमा पारेर आइतबार राजविराजमा एक कार्यक्रमको आयोजना गरिएको छ ।
नेपाल विश्व शान्ति समिति केन्द्रिय कार्यालयद्वारा आयोजित कार्यक्रममा स्व. सिंहको योगदान बारे चर्चा गर्दै सम्झाना गरिएको हो ।
सो अवसरमा स्व. सिंहको तस्बिरमा माल्यार्पण गर्दै सहभागि वक्ताहरुले जुझारु, निष्ठावान र बहुमुखी प्रतिभाका धनी स्व. सिंहको निधनले जिल्लालाई मात्र नभई मुलुकलाई नै अपूर्णिय क्षति पुगेको बताए ।
आयोजक समितिका महासचिव मधुबहादुर बिसिको अध्यक्षतामा आयोजित कार्यक्रममा वरिष्ठ कानुन व्यवसायी हिम्मत सिंह, मदनमोहन चौधरी, शिक्षाविद् डा. चिरन्जिविलाल देव, राजिव कुमार मिश्रा, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, वरिष्ठ पत्रकार अनिलकुमार अनल, पूर्व मेयर एवं स्व. सिंहका सुपुत्र गोबिन्द सिंह, पूर्व मेयर जगरनाथ दास, इतिहास विज्ञ प्रा. कमलनारायण दास, समाजसेवी हितनारायण लाल दास, र्इं. इन्द्रनारायण देव, मधेश प्रदेश कृषि विश्वविद्यालयका रजिष्टार भगवान ठाकुर, पत्रकार महासंघका सभापति श्रवणकुमार देव लगायतले श्रद्धाञ्जली अर्पण गर्दै स्व. सिंहको योगदान बारे चर्चा गरे ।
२४ वर्षकै उमेरमा चिकित्सा शास्त्र (एमबिबिएस) अध्ययन पुरा गर्ने सिंह जिल्लाकै पहिलो व्यक्ति थिए । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका पुर्खौली घर भई राजविराज नगरपालिका ३ मा बसोवास गर्दै आएका सिंहको ८५ वर्षको उमेरमा २०६७ साल साउन ११ गते निधन भएको थियो ।
सिंह बि.स. २०१५ सालको प्रथम आमनिर्वाचनमा सप्तरीको तत्कालिन क्षेत्र नं. ३८ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनी २०१७ सालमा डा. तुलसी गिरी नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री भएका थिए । त्यसपछी २०२१ सालसम्म उनले मन्त्रीका रुपमा विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।
उनी नेपाल रेडक्रस सोसाइटी, लायन्स क्लब, विश्व शान्ति समिति, जेसीज लगायत सामाजिक संघ संस्थाका संस्थापक सदस्य समेत थिए ।
सभाका सहभागि वक्ताहरुले सप्तरीबाटै समाजसेवा र राजनीतिमा सक्रिय भएका स्व. सिंहको सामाजिक पक्ष पनि उत्तिकै सबल रहेको चर्चा गर्दै उनले देखाएको बाटोमा हिड्न सके मात्र उनीप्रति सच्चा श्रद्धाञ्जली हुनेमा जोड दिएका थिए ।
सभामा राजविराज नगरपालिकाका पूर्व मेयर समेत रहेका स्व. सिंहका जेठा छोरा गोबिन्द सिंह र परिवारका अन्य सदस्यले गम्छा ओढाएर अतिथिहरुको स्वागत गरेका थिए । कार्यक्रम संचालन अरुण तिवारी तथा अतिथिहरुको स्वागत नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष उज्जवल काबराले गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ