News Category 2082/04/11
कृषि विश्वविद्यालयमा तालाबन्दी
दैनिक समाचारदाता
राजविराज, ११ साउन ।
राजविराजस्थित मधेस कृषि विश्वविद्यालयको शैक्षिक भवनमा आइतबार विद्यार्थीहरुले विभिन्न माग राख्दै तालाबन्दी गरिएको छ ।
शैक्षिक अवस्थामा सुधार तथा आवश्यक भौतिक पूर्वाधारको व्यावस्थापन लगायत विभिन्न माग अघि सार्दै विश्वविद्यालयमा अध्ययनरत विद्यालयहरुले नै तालाबन्दी गरेका हुन् ।
कक्षाकोठा शैक्षिक बाताबरण मैत्री हुनुपर्ने, विद्यार्थी अनुपातमा बेन्चडेस्कको व्यवस्थापन हुनुपर्ने, पूर्वनिर्धारित भन्दा बढी शुल्क लिनु बन्द गर्नुपर्ने, विद्यार्थीबाट बढी असुल गरिएको रकम फिर्ता गर्नुपर्ने, शुल्कको नगदी रसिद उपलब्ध गर्नुपर्ने, प्रयोगात्मक कक्षा नियमित गर्नुपर्ने लगायतका माग राख्दै तालाबन्दीमा उत्रनु परेको विद्यार्थीहरुले बताएका छन् ।
क्याम्पस प्रशासनलाई यसबारे पटकपटक लिखित तथा मौखिक रुपमा जानकारी गराउँदा समेत वेवास्ता गरिएपछी तालाबन्दीमा उत्रनु परेको उनीहरुले बताएका छन् । उनीहरूले माग सम्बोधन नभएसम्म ताला नखोल्ने अडान समेत व्यक्त गरेका छन् ।
क्याम्पसले तोकेको शुल्क भन्दा बढी शुल्क विद्यार्थीबाट असुल गरि रसिद समेत उपलब्ध नगराएको र प्रयोगात्मक कक्षा नियमित नगरेको आन्दोलनरत विद्यार्थीहरुले आरोप लगाएका छन् ।
पहिले ३ लाख २० हजार शुल्क लाग्ने भनी सूचना गरेतापनि अहिले ४ लाख ५० हजार लिएको बताउंदै विद्यार्थीहरूले यसअघि बुझाएको रकमको रसिद हालसम्म नदिएको र प्रयोगात्मक कक्षा पनि नियमित नहुँदा पठनपाठन प्रभावित हुँदै आएको गुनासो गरेका छन् ।
श्रोत साधनको अभावमा केही समस्या भएको र शल्कका सन्दर्भमा प्राविधिक कारणले भएको गल्ति सुधार गर्दै समस्या समाधानको प्रयास भइरहेको विश्वविद्यालय प्रशासनले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ