News Category 2082/04/11
कृषि विश्वविद्यालयमा तालाबन्दी
दैनिक समाचारदाता
राजविराज, ११ साउन ।
राजविराजस्थित मधेस कृषि विश्वविद्यालयको शैक्षिक भवनमा आइतबार विद्यार्थीहरुले विभिन्न माग राख्दै तालाबन्दी गरिएको छ ।
शैक्षिक अवस्थामा सुधार तथा आवश्यक भौतिक पूर्वाधारको व्यावस्थापन लगायत विभिन्न माग अघि सार्दै विश्वविद्यालयमा अध्ययनरत विद्यालयहरुले नै तालाबन्दी गरेका हुन् ।
कक्षाकोठा शैक्षिक बाताबरण मैत्री हुनुपर्ने, विद्यार्थी अनुपातमा बेन्चडेस्कको व्यवस्थापन हुनुपर्ने, पूर्वनिर्धारित भन्दा बढी शुल्क लिनु बन्द गर्नुपर्ने, विद्यार्थीबाट बढी असुल गरिएको रकम फिर्ता गर्नुपर्ने, शुल्कको नगदी रसिद उपलब्ध गर्नुपर्ने, प्रयोगात्मक कक्षा नियमित गर्नुपर्ने लगायतका माग राख्दै तालाबन्दीमा उत्रनु परेको विद्यार्थीहरुले बताएका छन् ।
क्याम्पस प्रशासनलाई यसबारे पटकपटक लिखित तथा मौखिक रुपमा जानकारी गराउँदा समेत वेवास्ता गरिएपछी तालाबन्दीमा उत्रनु परेको उनीहरुले बताएका छन् । उनीहरूले माग सम्बोधन नभएसम्म ताला नखोल्ने अडान समेत व्यक्त गरेका छन् ।
क्याम्पसले तोकेको शुल्क भन्दा बढी शुल्क विद्यार्थीबाट असुल गरि रसिद समेत उपलब्ध नगराएको र प्रयोगात्मक कक्षा नियमित नगरेको आन्दोलनरत विद्यार्थीहरुले आरोप लगाएका छन् ।
पहिले ३ लाख २० हजार शुल्क लाग्ने भनी सूचना गरेतापनि अहिले ४ लाख ५० हजार लिएको बताउंदै विद्यार्थीहरूले यसअघि बुझाएको रकमको रसिद हालसम्म नदिएको र प्रयोगात्मक कक्षा पनि नियमित नहुँदा पठनपाठन प्रभावित हुँदै आएको गुनासो गरेका छन् ।
श्रोत साधनको अभावमा केही समस्या भएको र शल्कका सन्दर्भमा प्राविधिक कारणले भएको गल्ति सुधार गर्दै समस्या समाधानको प्रयास भइरहेको विश्वविद्यालय प्रशासनले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ