News Category 2070/04/04
मोवाइल चोरी गरेको भन्दै दलित बालिकाको हत्या
दैनिक संवाददाता
रुपनगर (सप्तरी), ३ साउन ।
समाज हिंस्रक बन्दै गएको पुष्टि गराएको छ एक जना महिलाले सप्तरीको वैरवा गाविसमा । मोवाइल चोरीको आरोप लगाउँदै एक दलित बालिकालाई ती महिलाले कुटपिट गरी ज्यान लिएका छन् ।
वैरवा गाविस ३ दक्षिण डुबानस्थित मामा घरमा बस्दै आएकी बालिकाको हत्या गरिएको हो । बुधबार साँझ वैरवा गाविस–८ निवासी संगीता पौडेलले बालिकालाई कुटपिट गरेकी थिइन् । कुटपीटबाट टाउकोमा गम्भीर चोट लागेकी बालिकाको बुधबारै राति ८ बजेतिर ज्यान गएको हो ।
मृत्यु हुनेमा जगतपुर गाविस ४ बस्ने ठण्डा खंगकी १२ बर्षीया छोरी कारो खंग छिन् । उनी वैरवा गाविस ३ स्थित आफ्नो मामा घरमा बस्दै आएकी थिइन् ।
पौडेलले मोवाइल चोरेको आरोप लगाउँदै निर्घात कुटपिट गरेको स्थानीयहरुले बताएका छन् । कुटपिट गर्ने २२ बर्षीया संगीतालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिहीबार बिहान घट्नास्थल पुगेको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय कंचनपुरको नियन्त्रणमा राखेर पौडेलको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यता मृतक खंगको शवलाई बिहीबारै राजविराजस्थित गजेन्द्र नारायण सिंह अंचल अस्पतालमा पोष्टमार्टका लागि ल्याइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ