News Category 2082/04/14
दमकलबाट संकटग्रस्त क्षेत्रमा खानेपानीको आपूर्तिलाई निरन्तरता दिने निर्णय
दैनिक समाचारदाता
जनकपुर, १४ साउन ।
मधेश प्रदेश सरकार गृह, संचार तथा कानुन मन्त्रालयले खरिद गरेका ८ वटा मध्ये ६ वटा दमकल स्थानीय निकायलाई हस्तान्तरण गर्ने निर्णय गरेको छ ।
गृहमन्त्री राजकुमार लेखिको अध्यक्षतामा बुधबार प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिको मन्त्रालयमा बसेको बैठकबाट सो निर्णय गरिएको हो ।
बैठकले स्थानीय तह मार्फत नै हस्तान्तरण गरिने दमकलबाट संकटग्रस्त क्षेत्रमा खानेपानीको आपूर्तिलाई निरन्तरता दिने निर्णय पनि गरेको छ ।
बैठकमा प्रमुख सचिव मदन भुजेल, गृह, सञ्चार तथा कानुन मन्त्रालयका प्रदेश सचिव विमल प्रसाद बराल, नेपाल प्रहरीका डिआईजी उमाप्रसाद चतुर्वेदी, नेपाली सेनाका पृतनापति कृष्ण जिसी, सशस्त्र प्रहरीका डिआईजी कृष्ण ढकाल लगायतका समितिका पदाधिकारीहरु सहभागी थिए ।
यस्तै बैठकमा संघीय सरकारबाट भए गरेका कामको प्रगति समिक्षा र विपद व्यवस्थापनमा प्रदेश सरकारको अगामी कार्यदिशा लगायतका बिषयमा छलफल भएको गृहमन्त्री लेखीले जनाएका छन् ।
उनले विपद् संकटग्रस्त क्षेत्रमा खानेपानी तथा सिँचाई कार्यको लागि संघीय तथा अन्य दातृ निकायबाट प्राप्तः स्रोत साधनको प्रभावकारी ढंगले कार्य गर्न भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र उर्जा, सिंचाई तथा खानेपानी मन्त्रालयलाई समेत अनुरोध गर्ने निर्णय पनि गरेको बताए ।
त्यस्तै, समितिले प्रदेशको विपद संकटग्रस्त क्षेत्रमा प्रभावकारी ढंगले कार्य अगाडी बढाउन जिल्ला विपद् व्यवस्थापन समिति र प्रदेशका मन्त्रालयसंग समन्वय गरी सबै सरोकारवाला निकायलाई कार्य गर्न निर्देशन दिने निर्णय समेत गरेको छ ।
नेपाली सेनाले शान्ति मिसनबाट प्राप्त १७ बटा ट्यांकर र १ बटा बम डिस्पोजल गाडीलाई प्रचलित कानून बमोजिम अस्थायी दर्ता गर्न मधेस सरकारको श्रम तथा यातायात मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको मन्त्री लेखीले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ