News Category 2082/04/14
कृषि बिश्वविद्यालयको पठनपाठन ठप्प, बिद्यार्थीहरूद्वारा आन्दोलन चर्काउने चेतावनी

दैनिक समाचारदाता
राजविराज, १४ साउन ।
त्रुटिपूर्ण निर्णय सच्याउन तथा शैक्षिक सुधारका विभिन्न माग अघि सार्दै राजविराजस्थित मधेस कृषि बिश्वबिद्यालयमा बिद्यार्थीहरूद्वारा गरिएको तालाबन्दी लगातार चौथो दिन बुधबार पनि जारी रहेको छ ।
तालाबन्दीका कारण पठन पाठन पूर्ण रूपले ठप्प भई डेढ सय भन्दा बढी बिद्यार्थीको शैक्षिक भविष्य अन्योलमा परेको छ ।
लगातार चारदिनदेखि तालाबन्दी जारी रहदा पनि विश्वबिद्यालय प्रशासनले आफुहरूको माँग पुरा गर्ने तर्फ कुनै चाँसो नदेखाएको भन्दै आक्रोशित बिद्यार्थीहरूले बुधबार नगरमा प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत मधेस प्रदेशका मुख्यमन्त्री, विश्व बिद्यालयका उपकुलपति, रजिस्ट्रार तथा जिल्ला प्रहरी कार्यालय लगायतका सरोकारवाला निकायमा ज्ञापनपत्र पठाएका छन् ।
आन्दोलनरत बिद्यार्थीहरूको एक समूह जिल्ला प्रशासन कार्यालय पुगेर प्रशासकिय अधिकृत दिपेन्द्र कुमार पासवान मार्फत उक्त निकायमा ज्ञापनपत्र पठाएका छन् ।
ज्ञापनपत्रमा विश्वबिद्यालयमा विद्यमान समस्याहरूलाई लिएर पटकपटक विश्वबिद्यालयका जिम्मेवार अधिकारीहरूको लिखित र मौखिक रूपमा ध्यानाकर्षण गराउदा पनि समाधानका लागि कुनै पहल नगरिएको उल्लेख गरिएको छ ।
विश्वबिद्यालय प्रशासनले समस्या समाधान गर्नुको सट्टो ताला खोल्न दवाव र धाकधम्की दिन थालेको दोषारोपण गर्दै ज्ञापनपत्र मार्फत आफुहरूको जायज माँग अबिलम्व सम्बोधन नगरिए आन्दोलनका थप सशक्त कार्यक्रमहरू अघि बढाईने तथा यसबाट उतपन्न हुने असहज परिस्थितिको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकायले नै लिनुपर्ने चेतावनी समेत दिएको छ ।
शैक्षिक वातावरण मैत्री कक्षा कोठाको व्यवस्था, निर्धारित भन्दा बढी लिएको शुल्क फिर्ता,लिएको शुल्कको नगदी रसिद उपलब्ध गराउनुपर्ने, कक्षा कोठामा आवश्यकता अनुसारको डेक्स बेन्चको व्यवस्था तथा बिग्रिएको अवस्थामा रहेको पंखाहरू मर्मत लगायतका माँग राखि बिद्यार्थीहरूले आइतबार विश्वबिद्यालयको शैक्षिक भवनमा तालवन्दी गरेका थिए । उनीहरूद्धले माँग पूरा नभएसम्म ताला नखोल्ने अडान लिएका छन् ।
विश्वबिद्यालयका रजिस्ट्रार भगवान ठाकुरले आन्दोलनरत बिद्यार्थीहरू सँग बार्ता गरि समस्या समाधानको प्रयास भई रहेको बताएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/16 बिक्री वा बैंकमा धितो राख्न नपाउँदा पाँच हजार भन्दा बढी पीडित उधोगी व्यवसायी र परिवार फेरी आन्दोलनमा, उद्योग बाणिज्य संघद्वारा आन्दोलन परिचालनका लागी ५१ हजार सहयोग
- 2082/04/16 अपाङ्गता भएका ब्यक्तिका लागी १० बुंदे नीती तथा कार्यक्रम
- 2082/04/14 सरकारको गलत नीतिका कारण अहिलेको जल संकट आएको हो ः अध्यक्ष यादव
- 2082/04/14 कृषि बिश्वविद्यालयको पठनपाठन ठप्प, बिद्यार्थीहरूद्वारा आन्दोलन चर्काउने चेतावनी
- 2082/04/14 दमकलबाट संकटग्रस्त क्षेत्रमा खानेपानीको आपूर्तिलाई निरन्तरता दिने निर्णय
- 2082/04/11 पानीको समस्या समाधान गर्न प्रजिअद्वारा स्थलगत निरिक्षणका साथै निर्देशन
- 2082/04/11 कृषि विश्वविद्यालयमा तालाबन्दी
- 2082/04/11 स्व. सिंहको योगदान बारे चर्चा गर्दै सम्झाना
- 2082/04/11 मधुश्राबणीको अवसरमा महिला परिषदले गरे कार्यक्रम
- 2082/04/11 ३१औं “प्रकाश मानव अधिकार पुरस्कार” सुनिलकुमार यादवलाई
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ