News Category 2082/04/17
दश लाख रोजगारी सुनिश्चितताको विषय हावा नभएको डा. राउतको दाबी
दैनिक समाचारदाता
राजविराज, १७ साउन ।
जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष एवं संगठन विभाग प्रमुख डा. जयकान्त राउतले पार्टीले १० लाख रोजगारी सुनिश्चितताको विषय हावा नभएको दाबी गरेका छन् ।
पार्टीको जिल्ला विस्तारित बैठक एवं प्रशिक्षण कार्यक्रमलाई शनिबार राजविराजमा उद्घाटन गर्दै उनले सो दाबी गरेका हुन् । उनले भने, “यसका लागि जनताले एउटा मात्रै सिट जिताउँदैमा उक्त संकल्प पूरा गर्न नसक्ने भएका हुँदा आगामी दिनमा यसप्रति सम्बन्धित सबै गम्भिर हुनुपर्छ ।”
सप्तरीका १८ वटै पालिकाहरूबाट समन्वय समितिमा रहेका नेता कार्यकर्तालाई प्रशिक्षण दिदै उपाध्यक्ष राउतले जनता समक्ष गरिएको संकल्प पूरा गर्न दृढ भएर संगठन विस्तारमा लाग्नुपर्ने बताए ।
भारतीय राजनीति पार्टी–बीजेपीको उदाहरण दिदै उपाध्यक्ष डा. राउतले जनमतका स्वराजीहरूलाई आफ्नो विधान–संस्कारबाट कहिले पनि पछाडी नहुन निर्देशन पनि दिए । सोही अन्तर्गत हरेक स्वराजीलाई सामाजिक, भौतिक र आर्थिकरूपमा सबल हुनु पनि जरूरी रहेको उपाध्यक्ष डा. राउतको भनाइ थियो ।
पार्टीका जिल्ला इन्चार्ज रामगमन साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य शम्भुनाथ नगरपालिकाकी संगिता साह तथा कार्यक्रम संचालन हनुमाननगर कंकालिनी नगरपालिकाका राजकुमार गाईमले गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ