News Category 2082/04/18
हवाई फायर गरि प्रहरीद्वारा लागु औषधसहित दुई पक्राउ
दैनिक समाचारदाता
राजविराज, १८ साउन ।
सप्तरीमा प्रतिबन्धित लागु औषध खैरो हिरोइनसहित मोटरसाईकल लिएर भाग्ने प्रयास गर्दा हवाई फायर गरी दुई जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा जिल्लाको छिन्नमस्ता गाउँपालिका १ बरहीविरपुरका २९ वर्षिय बिशाल राय र डाक्नेश्वरी नगरपालिका ७ मझौराका ३९ वर्षिय मनोज राय छन ।
गोप्य सुचनाका आधारमा पुगेको लागु औषध नियन्त्रण ब्युरो काठमाडौं तथा जिल्ला प्रहरी कार्यालय सप्तरीको संयुक्त टोलीले उनीहरुलाई राजविराज–छिन्नमस्ता सडकखण्डबाट पक्राउ गरेको हो ।
उनीहरुको साथबाट १ सय ७७ ग्राम प्रतिबन्धित लागु औषध खैरो हेरोइन तथा दुई थान मोबाईल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार वस्नेतले जानकारी दिए ।
पूर्वसूचनाका अनुसार पुगेको प्रहरी टोलीले उनीहरु चढेको स.८प. ८२२५ नम्बरको मोटरसाईकल रोकेर चेकजाँच गर्न थालेपछी भाग्न खोज्दा दुई राउण्ड हवाई फायर समेत गरी नियन्त्रणमा लिएको प्रहरीको भनाई छ ।
पक्राउ परेका दुबै जनालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ