News Category 2082/04/18
जसपा नेपाल सप्तरीको निर्वाचन मिति तेश्रो पटक सारियो
दैनिक समाचारदाता
राजविराज, १८ साउन ।
जनता समाजवादी पार्टी नेपाल सप्तरीको नयाँ नेतृत्व चयनका लागि तेश्रो पटक निर्वाचन मिति सारिएको छ । यसअघि दुई पटक तय गरेर स्थगित गरिएको निर्वाचन पछिल्लो पटक साउन १९ गते सोमबारका लागि तय गरिएको छ ।
यसअघि मतदाता सूचीमा समावेश नामहरु मध्ये केहीमा दाबी बिरोध परेपछी शनिबार साउन १७ गतेका लागि तय गरिएको निर्वाचन मिति एक दिन सारेर साउन १८ गते आइतबारका लागि तय गरिएको थियो । तर आइतबार उम्मेदवारी दर्ता प्रक्रियाको विषयलाई लिएर फेरी विवाद सुरु भएपछी निर्वाचन रोकिएको थियो ।
कार्यसमितिको सदस्य पदका लागि एक पक्षले निर्वाचन निर्देशिका अनुसार मनोनय दर्ता गरेको र अर्को पक्षले प्रक्रिया नपु¥याएर मनोनयन दर्ता गराएको भन्ने विषयलाई लिएर विवाद भएपछी आइतबार हुने भनिएको निर्वाचन पनि हुन सकेन ।
पार्टीका केन्द्रिय नेता, स्थानीय नेता तथा निर्वाचन समिति समेत राखेर चलेको सात घण्टाको बैठक पश्चात् निर्वाचनको नयाँ मिति साउन १९ गते सोमबारका लागि घोषणा गरिएको छ ।
यसअघि घोषित निर्वाचन तालिका अनुसार शनिबार दुबै प्यानलबाट उम्मेदवारी दर्ता गराएका थिए । अध्यक्षमा केदार प्रसाद यादव र उमेश प्रसाद यादवले आ–आफ्नो प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् ।
सात जना पदाधिकारीसहित कुल ५७ पदका लागि हुने निर्वाचनमा ५ सय १८ जना मतदाता रहेको निर्वाचन समितिले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ